युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
96 पटक पढिएको

May be an image of one or more people and text

बाजुरा— नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाका बलियो आधार पछिल्लो समयमा बाजुरा जिल्लाकै नेकपा एमाले निकट प्रतिभाशाली नेताहरू मध्यका युवा पुस्ताले रुचाएका र युवाका ढुकढुकी समेत रहेका नेता लाल बहादुर ओलीले अब आसन्न नेकपा एमालेको जिल्ला अधिवेशनमा आफु जिल्ला अध्यक्षको आकांक्षी रहेको बताउदै आइरहेका छन् ।

नेता ओली जिल्ला अध्यक्षको आकांक्षी रहेको र यस पटक जिल्ला अध्यक्षमा ओलीलाई सर्वसम्मत चयन गनुपर्ने एमाले निकट नेता कार्यकर्ता र उनका सर्मथकहरुले सामाजिक सञ्जाल सुभ्यक्षा व्यक्त गर्ने गरेको पाइएको छ । नेता ओलीले अपौचारिक रुपमा आफ्नो उम्मेदवारी रहेको घोषणा भने गरेका छैनन् । औपचारिक रुपमा उम्मेदवार दिने घोषणा नगरेता पनि नेता ओली जिल्ला अध्यक्षको आकांक्षी रहेको विभिन्न संचार माध्यामहरुले समाचार प्रकाशन गरिसकेका छन् । संचार माध्यामहरुले समाचार प्रकाशन गरेपच्श्रात नेता ओली पनि जिल्ला अधयक्षका आकांक्षी हुन भन्ने कुरा थप प्रष्ट भएको छ । औपचारिक रुपमा घोषण नगरेता पनि लगभग जिल्ला अध्यक्षका लागि आकान्क्षी रहेको पक्का पक्की भैसकेको छ । नेकपा एमाले बाजुराको ७ औँ जिल्ला अधिबेशन यहि पौष २३ गते हुने भएको छ । अधिवेशन नजिकीए संगै एमालेले अधिवेशनको तयारी पनि तिव्र पार्दै गएको पाइएको छ ।

नेताहरुमा पनि यतिवेला दौडधुप बढेको छ र अधिबेशनमा केन्द्रीत भएका छन । कार्यकर्ता भेटघाट र छलफल गर्ने क्र्म चलिरहेको देखिन्छ । अधिवेशन नजिकिए संगै स्थानिय तह र केन्द्रिय अधिबेशन गरिसकेको एमालेको पुष २३ गते देशभर जिल्ला अधिवेशन गर्ने तयारी थालिएको छ । बाजुरामा पनि २३ गते हुने ७ औँ जिल्ला अधिबेशनको तयारीका लागि नेकपा एमाले जिल्ला कमिटि बाजुराले पुष ११ गते जिल्ला कमिटी बैठक समेत गरेर यतिबेला नेताहरु अधिबेशन केन्द्रीत बनेका छन । नेताहरु अधिवेशन केन्द्रित भइरहदा जिल्ला अध्यक्षका आकांक्षीहरुको पनि जिल्लामा चलखेल बढेको पाइएको छ । अहिले सम्म जिल्ला अध्यक्षका लागि आकांक्षीहरु यति जना छन् भनेर एकिन हुन भने सकेको छैन । तर बाहिर  भने जिल्ला अधयक्षका लागि आकांक्षीहरु धेरै हुन सक्ने भन्ने कुराहरु सुन्नमा आएका छन् । यसै बिच नेता ओली पनि जिल्ला अध्यक्षको आकांक्षी हुन भन्ने कुरा खुल्न आएको हो ।

 

के नेता ओलीको आकांक्ष पूरा होला त ?

अनेरास्वबीयूको विद्यार्थी उमेरबाटै राजनीति यात्रा प्रारम्भ गरेका ओली हाल पार्टीको जिल्ला कमिटिको आर्थिक बिभाग प्रमुख समेत रहेका छन् ।  ओलीले जिल्ला कमिटिको अध्यक्षमा आफु पनि आकांक्षी  रहेको कुरा भने औपचारिक रुपमा खुलाएका छैनन् । केही बर्ष अघि ओली कर्मचारी समेत रहेका ओलीले २०५०मा राजीनामा दिएर फेरी राजनिति संगै समाजसेवामा संलग्न भएर नेकपा एमालेको नेतृत्व गरेर सक्र्रिय राजनितिमा क्र्रियासिल रहेका छन् । पछिल्लो समयमा राजनितिमा लागे देखीस् हाल सम्ँम निरनतर रुपमा पार्टीको बिधि बिधान र आदर्सलाई आतमसात गरि जस्तोसुकै कठिन प्रस्थितिमा पनि आफ्नो बिचारमा अडिग रहने नेताहरु मध्यमकै एक हुन । उनको यही कटिबद्ध बिचारले एमाले निकट नेता कार्यकर्ताहरुलाई उनी प्रति आकर्षण  बढाएको छ । पछिल्लो समयमा नेकपा एमाले बाजुराको नेतृतव पक्तिमा रहेका नेताहरु मध्यकै युवा पिडितले सक्षम नेतृतवका रुपमा स्वकार गरेका नेता आली पनि हुन ।

 

२०४७ सालमा पार्टी राजनितीमा आईसकेका ओली हरेक बेला बेला पछाडी पर्दै आएका छन् । उनले २०४७ सालदेखी गाउँ कमिटि बिस्तार अभियानमा संलग्न भइ हाल सम्म पार्टी राजनितिमा हुमीएका छन ।नेता ओलीको समाज परिवर्तन र बिकासमा मात्र ठूलो योगदान नभई नेकपा एमाले पार्टीमा आवद्ध भए देखि हाल सम्म पार्टीलाई बलियो शसक्त र चलाएमान बनाउन उत्तिकै योगदान रहेको छ । हुन त पछिल्लो समयमा राजनीतिमा पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने गरेको पाईन्छ । त्यस्तै नेता ओली पनि पार्टीमा पालो नपाएका मध्यका एक हुन । नेकपा एमाले खप्तड छेडेदह गाउँपालिकाको बलियो आधारका रुपमा रहेका नेता ओली बाजुरा जिल्लाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका नेता हुन । राजनीति लागे जति सवैको सामाज बिकास र परिवर्तनका लागी यती सम्म योगदान पुर्याउन सकेको प्रायः बिरलै हुदैन जति हाल सम्म ओलीले योगदान पुराएका छन् ।

ओलीको राजनितिमा जत्तिकै लगाव समाज सेवा र समाज परिवर्तन तथा रुपान्तरण र समाजको बिकासमा पनि छ । उनि समाजको बिकासका लागि अग्रभागमा रहेर खट्ने र समाजमा पिछडिएका र पछाडी पारिएका वर्गाहरु महिला दलित आदिवासी जनजातीका सवालहरुका बिषयमा बिशेष ओकालत गर्दै आएका छन् । पछिल्लो समयमा जनताको आपेक्षा भनेकै जनताका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नतृतवमा आउनु पर्छ भन्ने हुन्छ । तर जनताले गरेको आपेक्षा पुरा गर्न त कुनै पनि राजनिति दलका नेताहरु गर्न सकेका छैनन् तर नेता ओलीले भने राजनितिमा तलिन भइसकेपछी समाजको बिकास र समाजको समउन्नितिका लागि गरेको योगदानको प्रसंसा गर्दै गरेको बाजुरेली जनताको मु खारबिन्दुबाट सुन्ने गरिन्छ । त्यसकारण पनि यतिवेला नेता ओली नेतृत्वमा आउनुपर्छ र नेता ओलीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गनुपर्छ भनने नेकपा एमाले निकट नेता कार्यकर्ताहरुको जनभावना रहेको छ ।

नेता ओलीको सामाजिक सञ्जालमा मार्फत पनि प्रचार प्रसार गदै सर्वसम्मत चयन हुनुपर्ने मागहरु ओलीका सर्मथकहरुको रहेको छ । यसकारण पनि ओली जिल्ला अध्यक्षमा चयन हुनछन भन्ने कुरा एकिन भन्न त सकिन्न तर हुन सकमने सम्भचावना भने बढी नै देखिनछ । पहिलो कुरा त आलीले आफ्नो उम्मेदवारी जिल्ला अध्यक्षमा रहेृको छ भनेर घोषणा नै गर्न बाकीँ यदि ओलीले उममेदवारका रुपमा खडा भएमा जिल्ला अधयक्षमा चयन हुन सकने सम्भावना बढी देखिएका नेता हुन भन्ने कुरा भने पकका–पक्कि नै भइसकेको छ । बाहिर सुन्नमा आए अनुसार ओली जिल्ला अध्यक्षका उम्मेदवार पककै हुन अव केही दिनमा औपचारिक रुपमा उम्मेदवारी घोषणा पनि गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!