कमला रावल– कोरोना भाइरस (कोभिड–१९) दोस्रो चरणको भेरियन्ट देश ब्यापी फैलि रहदा यसको प्रभाव बाजुरामा पनि निकै परेको छ । बाजुरा जिल्लामा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जाँदा जिल्ला प्रशासन कार्यालय बाजुराले बैसाख मसान्त सम्मका लागि २२ गतेबाट लागु हुँने गरी निषेधाज्ञा जारी गरेको छ ।
यसै क्रममा सदरमुकाम मार्तडीमा माक्स नलगाएका र सर्व साधारणलाई नेपाल तरुण दलका सह–सचिब कविराज दानीले माक्स वितरण गरेका छन । लोकतान्त्रिक चोकमा शुक्रबार दिन भरी सर्ब साधारणलाई आफ्नै लगानीमा सर्व साधारणहरुलाई दिन भरी माक्स वितरण गरेका थिए ।
समाज सेवा र विपतको समयमा संघ संस्था र अन्य स्रोतबाट समाज सेवाको नाममा सेवा गरेको भएता पनि आफु भने यस्तो समयमा नत नाम कमाउनु छ नत भाइरल बन्नु नै छ सेवा नै धर्म हो अफ्ट्यारो समयमा सहयोग ब्यक्तिगत रुपमा पनि गर्न सकिन्छ सह सचवि दानीको भनाई रहेको छ । यसै क्रममा बाजुराका क्रियासिल फनटलाइनमा काम गर्ने पत्रकारहरुलाइ पनि दुइ दर्जन बढी माक्सहरु वितरण गरेका छन ।