धनगढी –दार्चुलाको नौगाडका स्थानीय आठ वर्षदेखि अन्धकारमा बस्न वाध्य छन्। जिल्लाको नौगाड गाउँपालिका-१ मा विद्युत विस्तार नभएपछि त्यहाँका स्थानीय अन्धकारमा बस्न वाध्य भएका हुन्।
लल्लोका स्थानीय जयसिंह ठगुन्नाका अनुसार २०७० सालमा आएको बाढीले वडा नम्बर १ को लल्लो भेगमा रहेको स्थानीय विद्युत लाइन बगाएपछि पुनर्निर्माणको काम हुन नसकेको बताइएकाे छ । स्थानीयस्तरको विद्युत मर्मत हुन नसकेपनि राष्ट्रियस्तरको लाइन जडानका लागि पटक पटक आग्रह गरेपनि स्थानीय तहका जनप्रतिनिधिहरुले चासो नराखेको स्थानीयकाे गुनासाे रहेकाे छ।
छिट्टै पालिकाभरि राष्ट्रिय प्रसारण लाइन जोड्ने उद्देश्यले ठेक्का सम्झौताको प्रक्रियामा रहेको उक्त वडाका अध्यक्ष करन डडालले बताएका छन्।
श्राेत दिनेश खबर











