बाजुरा-नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराको चौँथो बैठक आज बसेको छ । आज बि.पी स्मृति भवन पार्टी कार्यालयमा जिल्ला कार्य समिति सभापति रामसिह रावलको अध्यक्षतामा बैठक बसेको हो । सभापति रावलको अध्यक्षतामा बसेको बठकले भर्खरै नेपाली काङ्ग्रेसको १४ औं माहाधीवेशनबाट नव निर्वाचित केन्द्रीय सभापति लगायत अन्य पदाधिकारी र सदस्यलाई त्यसै गरि प्र्रदेश सभापति लगायत अन्य पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिने निर्णय गरेको पार्टी कार्यालय सचीव टेक बहादुर रोकायाले जानकारी दिए ।
बैठकले १४ औ महाधिवेहनकाट सहमहामन्त्रीमा बिजय भएका नेता बद्रि पाण्डे लगायत प्र्रदेश सभापति लगायत अन्य पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिने निर्णय भएको छ । साथै बैठकले ९ वटै पालिकाहरुमा पसिक्षणका लागी बिज्ञ टोली समेत गठन गरेको बताइएको छ । बैठकमा कांग्रेस निकट जिल्ला स्थित शिर्ष नेताहरुको उपस्तिथि रहेको थियो । बैठकले बिर बहादुर कटुवाल,रतन एडी,जगतजंग बम, बिरेन्द्र रावल,नहकुल नोशी, स्थिर देवकोटालाई बिज्ञ टोलीका छनोट गरेको छ । कार्यालय सचिव रोकायाका अनसार उक्त टोलीले नेपाली कांग्रेसको बिधि बिधान र भए गरेका कामको बिषयमा प्रत्यक पालिकाको गाँउगाँउमा गएर कांग्रेस आस्थावानहरुलाई प्रशिक्षण दिने भएको छ । काङ्ग्रेस निकट जिल्ला स्थित शिर्ष नेताहरुको उपस्तिथिमा बैठक सम्पन्न भएको छ ।