काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न माग गरेका छन्।
कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भनेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले विज्ञप्ति मार्फत जिवन दायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भपनि कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोप लगायत औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।
आजको राससमा प्रशाशित