
बाजुरा-नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँ जिल्ला आधिबेशनको उद्घाटन कार्यक्रम सुक्र्रवार सम्पन्न भएको छ । जिल्ला समन्वय समितिको प्राङ्गगरमा सम्पन्न भएको उद्घाटन कार्यक्रम जिल्ला कमिटी अध्यक्ष कालीबहादुर शाहीको अध्यक्षतामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेकपा एमालेका दर्जनौं नेताहरूले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अन्य राजनीति दलका नेताहरूले पनि शुभकामना मन्तव्य राखेका हुन ।
कार्यक्रममा बोल्दै एमाले निकट नेताहरूले जिल्लामा फेरि पनि नेकपा एमाले जिल्लामा सक्तिशाली पार्टी रहिरहने दावी गर्दै पाँच दलिय गठबन्धन राष्ट्रियता स्वाधीनता अखण्डता र नेपाली जनताको स्वाभिमान बिपरित एमालेका विरुद्धको गठबन्धन भएका बताएका छन । नेताहरूले नेकपा एमालेले जनताको हित र देशको शान्ति समृद्र्धीको यात्रा तयार गरेर अगाडि बढिरहेको बेला त्यसमा एमालेलाई पन्छ्याउनका लागि गठबन्धन गरेको भन्दै पाँच दलिय गठबन्धनलाई आरोप समेत लागाए । नेताहरूले नेपाली जनताको पार्टी एमाले बाहेकको अर्को नभएको हैकमवादी अभिव्यक्ति समेत दिए । काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर भने झै नेताहरूले अन्य दलका नेताहरूका बिषयमा टिकाटिप्प्णी गर्दै देशको बिकासका र समृद्र्धीको बाधक बन्न्ने गरेको आरोप प्रतिआरोप लगाउदै आराजक शैलीमा आफ्ना आसय व्यक्त गरे। बाजुरा जिल्लाको बिकासका लागि नेकपा एमाले शिर्ष नेताहरूले पुर्याएको योगदानको चर्चा गर्दै बाजुराको बिकासका लागि अन्य राजनीति दलले केही गर्न नसक्ने बिचार समेत व्यक्त गरको छन । बाजुरा जिल्लाको मात्र नभैइ देश भरको बिकास र नेपाली जनताको हितका लागि नेकपा एमाले नभैइ नहुने नेताहरुको भनाई थियो ।
नेताहरुले केपि ओली बाहेकको अर्को कुनै राष्ट्बादी नाईके नेपालमा नभएको अहमताको भावनाहरु प्रकट गरेका हुन । अन्य दलका नेताहरूलाइ हाेच्याएर अभिव्यक्तिहरु राखेका थिए । नेताहरुले दिएको अभिव्यक्तिहरु मार्फत कम्युनिष्टहरु साच्चिकै अराजक शैलीका हुन्छन भन्ने कुरा आफ्ना अभिव्यक्तिहरुमार्फत आफैले प्रमाणित गरेको देखिएको छ । कतिपयले त कतै अधिवेशन नगरेर बिरोध सभा गरेको त होइन भन्ने सज्ञा समेत दिएका छन । नयाँ नेतृत्व चयनका लागि सुरु भएको सातौं अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन चयन गरेर एकताको सन्देश जनसमुदायमा प्रवाह गर्ने नेकपा एमाले जिल्ला कमिटी बाजुराले जनाएको छ।अधिवेशन शुरु भएपछी अध्यक्ष पद लगाएत पधादिकारीका लागी तछाड मछाडको संकेत देखिएको छ । नेकपा एमाले बाजुरा दुई खेमामा देखीने पुर्ब संकेत देखिन्छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थाई कमिटि सदस्य कर्ण बहादुर थापा र केन्द्रीय सदस्य लाल बहादुर थापाको फरक फरक खेमामा हुने संकेत देर्खिएको छ । सहमतिमै नेतृत्व चयन गछौँ भनेता पनि सर्वसम्त नेतृत्व चयन गर्न भने निकै सकस हसने पसर्व संकेत देखा परेको छ ।
जिल्ला कमिटी बाजुराका अध्यक्ष काली बहादुर शाहीको अध्यक्षतमा संचालन भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एबम् नेपाल सरकारका पुर्व उद्योग मन्त्री कर्ण बहादुरथापा प्रमुखअतिथी रहेका थिए। कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य एबम् संघिय संसद लाल बहादुर थापा नेपाली काँग्रेस बाजुराका जिल्ला सभापति एबम् त्रिवेणी नगरपालिकाका मेयर रामसिंह रावल, नेकपा एमालेका केन्द्रीय सदस्य एबम् नेपाल सरकारका शुदुरपश्चिम प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाह, नेकपा एमाले लेखा समिति सदस्य एबम् पुर्व संविधान सभा सदस्य बसुन्धरा रोकाया, नेकपा एमालेका केन्द्रीय सदस्य सहदेव बोगटी र नेकपा एमालेका केन्द्रीय सदस्य दयाल बहादुर शाही बिशिष्ट अथिति रहेका थिए । कार्यक्रमको संचालन नेकपा एमाले जिल्ला कमिटी सचिब भरत बहादुर बुढाले गरेका थिए । समुद्घाटन कार्यक्रमको दिनभरी रेडियो बाजुरा, रेडियो पौरखी, रेडियो गौमुल र रेडियो शिम्भुनाथले प्रत्यक्ष प्रसारण गरेको थियो । त्यस्तै बडीमालिकाअनलाइन खबर, नागरिक रैबार, नजिक न्यूज, लोकतन्त्र बिहानी र मालिका टुडे अनलाइनले पनि आफ्नो फेसबुक पेजवाट प्रत्यक्ष लाइभ प्रसारण गरेको थियो । कार्यक्रम सभ्य र भब्य रुपमा उद्घाटन भएता पनि संचार माद्यामका प्रमुखहरु तथा पत्रकार महासंघलाई भने आसनग्रहण सम्म नदिदा संचार माद्यामलाई प्रयोग मात्र गर्ने तर सार्वजनिक कार्यक्रममा सम्मान नदिइएको एक श्रोतले जनाएको छ ।











