बाजुरा-नेकपा एमाले बाजुराको सातौँ जिल्ला अधिवेशनमा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका सभापति एवम् त्रिवेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावलले प्रधानमन्त्री एवम् सभापति शेर बहादुर देउवाको प्रधानमन्त्री बन्ने भाग्य खुलेको र देशको राजनीतिक घटना क्रमले देउवालाई आफै प्रधानमन्त्रीमा दोर्याएको बताए । सभापति रावलले प्रधानमन्त्री समेत रहेका देउवाले नसोचेकै कुरा भएको पनि बताएका हुन ।
नेता रावलले सुदुरपश्चिमममा एक सिट मात्र जित हात पारेका प्रधानमन्त्री देउवाले एक्कासी प्रधानमन्त्री हुन पाउनु नेकपा एमालेको अराजकता र अहम्ताको प्रतिफल भएको आषय व्यक्त गरे । नेता रावलले जनताले झन्डै दुई तिहाईको बहुमत दिएर सत्तामा पठाउदा पनि कम्युनिष्टहरुले जनताको जनमतको अपहेलना गर्दै उल्टै जनताले लामो समयको त्याग तपस्या र बलिदानबाट प्राप्त संविधान माथि ठाडो प्रहार गरेका कारण पाँच बर्षको कार्यकाल पनि पूरा नगरी सत्ताबाट बाहिरिनु पर्ने बाध्यता अरु कसैले सिर्जना गरि नदिएको तर्क राखेका हुन । उक्त अभिव्यक्ति मार्फत सभापति रावलले केपि ओलीले सत्ता स्वार्थका लागि जनताको हित विपरित चालेको स्वइक्षाकारी प्रतिगमनकारी र अलोकतान्त्रिक कदमको सवैलाई स्मरण समेत गराएका थिए । उनले एमालेको जनसागरको माझमा आफ्नो अभिव्यक्ति राख्दै नेपाली कांग्रेस पार्टी अरु पार्टी जस्तो कुरा गरेर मात्र बस्ने काम केही नगर्ने नेता कार्यकर्ताको पार्टी नभएको दाबी गरेका थिए ।
नेता रावलले नेकपा एमालेको बाक्लो जनसागरमा यस्तो अभिव्यक्ति खुलेर राखेका हुन। नेता रावलले भने बोल्नु ठूलो कुरा होइन काम गरेर देखाउनु ठूलो कुरा हो । बढी बोल्नु भन्दा काम गरेर देखायो भने जनताका लागि फलदायी हुन्छ । जनताको जनभावना अनुरुप काम गरेर जनताको चित्त बुझाउन सकेनौं भने खुला मंचमा भाषण गरेर केही उपलब्धि नहुने पनि रावलको भनाई थियो । नेता रावलले आफु अरु पार्टी जस्तो सत्ता र पदको लोभमा गठबन्धन गर्ने पार्टी नभएको दावी गर्दै अरु पार्टीले जस्तो एक अर्काको आलोचना गरेर बस्ने पार्टीको कार्यकर्ता नभएको पनि स्पष्ट पारेका छन् । उनले नेपाली कांग्रेस जनताको सुख दुःखमा साथ दिदै देशको बिकास र समृद्र्धीका लागि, लोकतन्त्रको रक्षाका लागी बिभिन्न कालखण्डमा बिशेष बकालत गर्दै जनताको सारथी बनेर जनताको माझ उभिने पार्टी रहेको सवैलाई अवगत गराउदै अन्य राजनिति दलले कांग्रेसका बिरुद्ध जस्तासुकै अभिव्यक्तिहरु दिएपनि केही फरक नपर्ने बताएका हुन ।
रावलले एमाले निकट नेताहरुलाई तार्किक गर्दै कांग्रेसको बिरोध गरेर देशलाई बिकास र समृद्र्धी तर्फ लैजान सक्छौँ देशलाई राजनिति स्थिरताको बाटोमा मोड्न सकछौँ भनेर अहम्ता देखाउनु आलो मेलामा आगो लगाउल खोज्नु जस्तै मुर्खता भएको आषय व्यक्त गरेका थिए । साथै नेता रावलले एमालेले जनताका जनभावनालाई समेटेर बिकास र समृद्धीको यात्रा तयार गरेर अगाडी बढीरहदा कांग्रस लगायतका अन्य राजतिति दलहरु त्यसमा बाधक बनेको भनेर आरोप लगाउनु भनेको नाच्न नजान्ने आगन तेडो भने झै गर्ने गरेको आफ्नो अभिव्यक्ति मार्फट प्रकट गरे । समयको अभावका कारण आफ्नो छोटो अभिव्यक्ति मार्फत एमालेले कांग्रेसलाई लगाउने गरेको आरोपहरुको प्रति उत्तर व्यानगात्म तरिकाले दिन खोजेका थिए । साथै नेता रावलले बाजुरा जिल्लाको बिकास र परिवर्तनका सवालहरुमा बोल्दै बाजुरा जिल्लामा भएका समस्याहरु समाधान गर्नका लागी जुनसुकै राजनीति दलसंग पनि समन्वय सहकार्य गर्न बाजुरा कांग्रेस प्रतिबद्ध रहेको प्रतिबद्धता समेत ब्यक्त गर्दै बाजुराको बिकास र बाजुरेली जनताको सुख प्रति काँही कतै कसुर नराख्ने पनि बताए ।