आशा थापा–बडिमालिका नगरपालिकाका नगरउप–प्रमुख कविता विष्टद्धारा बडिमालिका नगरपालिका वडा नं ४ रिलामा आएकोे बाढि पहिरोको स्थलगत अनुगमन गरिएको छ । हिजो दिउसो करिव ४ बजेतिर आएको उतm वडाको बाढि पहिरोको स्थलगत अनुगमन गरिएको हो । सो बाढि पहिरोको स्थलगत अनुगमन गदै उपप्रमुख विष्टले त्यहाँका सवै नागरिकहरुलाई आगामी दिनहरुमा बाढिपहिरोबाट सचेत रहन आग्रह गर्नु भयो ।
नगउपप्रमखु विष्ट शुक्रवार उत ठाँउमा पुगि स्थानियहरुका गुनासोलाई आत्मसाथ गर्दै बाढिपिडितहरुलाई सान्तोना दिलाउनु भएको छ । उहाँले सान्तोना दिलाउदै स्थानियहरुलाई धेरै आतिनु पर्ने अवस्था नरहेको र यो बाढिपहिरो र कोरना भाइरसबाट आफु बच्न र अरुलाई बचाउनु पर्ने वेला आएको उपप्रमुख विष्टले बताउनु भयो । उपप्रमुख विष्ट यो विपतको वेला सो ठाँउमा पुगि सान्त्वना दिनुभएको स्थानियहरु भने खुसी भएका थिए ।
बैसाखको महिना नवित्तै बाढिपहिरो आएकाले स्थानियहरु भने चिन्तित बनेका छन् । नगरउपप्रमुख कविता विष्टले धेरै आतिनु पर्ने वेला नरहेको र स्थानियहरुको साथ नगरपालिका लागी परेको बताउनु भएको छ । विष्टको नेतृत्वमा गएको अनुगमनमा मार्तडी बजार व्यवस्थापन समितीका अध्यक्ष चक्र मल्ल , कोषाध्यक्ष सुरेन्द्र नाथ योगी लगाएको टोली सो ठाँउको स्थलगत अनुगमन गरी फर्किएको छ ।