
कमला रावल–बडिमालिका नगरपालिका वडा नं ४ रिलामा कृषि ज्ञान केन्द्र बाजुराले बाढिपिडितलाई तरकारीको वेर्ना वितरण गरेको छ । हिजो आएको अविरल बाढिपहिरो बाट प्रभावित भएका ८ जना पिडितहरु तरकारीको वेर्ना वितरण गरिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिन प्रसाद जेशीले बताउनु भएको छ । सुचाना अधिकारी जैशी आज बाढिपडितको घरमै पुगेर सो वेर्ना वितरण गर्नु भएको हो । चिचिन्डो , घिउसिमी लगाएत ५ प्रकार बढिको वेर्ना वितरण गर्नु भएको हो । उहाँका अनुशार हिजो आएको बाढिपहिरोले सो ठाँउका स्थानियहरुको तरकारी खेती वगाएर सखाप पारे पछी ज्ञान केन्द्र सो प्रभावित क्षेत्रमा पुगी उक्त विउ वितरण गरेको सुचना अधिकारी जैशी जानकारी दिनुभएको छ ।