बाजुरा- बिहिवार मार्तडी बजार ब्यवस्थापन समितिले एक प्रेस बिज्ञप्ती जारी गर्दै नियमीत विद्युत सेवा संचालम गर्नुपर्ने माग राखेको छ । देशमा उज्यालो अभियान संचालन भैरहेको वेला सडरमुकामा बासिले दैनिक १० घण्टाको लोडसेडिङको मार खेपिरहनु दुखद भएको भन्दै सम्बन्धित सरोकारवाला निकायलाई प्रेस बिज्ञपति मार्फत ध्यानाकर्षण गराएका हुन ।
विद्युत सेवानियमित संचालन नहुदा सेवा ग्राहीहरुले नियमित विद्युत सेवा उपभोग गर्न नपाएको भन्दै सरकारी तथा गैर सरकारी कार्यालय,सम्पुर्ण संचार माध्याम साथै व्यापार व्यवसाय,उध्योग कलकारखाना , संगै विद्यार्थीहरुको पढाईमा समेत बाधा पुगेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ । विद्युत सेवा नियमित संचालन गर्न पटकपटक पहल गर्दा पनि त्रीवेणी साना जलविद्युत केन्द्रले जिण मेसिनको वाहेक दीर्घकालीन विद्युत आपूर्तिमा कुनै पहल कदमी नगरेको र जिण मेसिनको कारण दर्साउदै समय समयमा सेवा ग्राहीलाई दुख दिदै आएको आरी प्रेस बिज्ञपति भनिएको छ ।
बाजार व्य्वसथापन समितिले प्रेस बिज्ञपति मार्फत सरोकारवाला निकाय जिल्ला प्रशासन बडीमालिका नगरपालिका र जिल्ला प्रहरी कार्यालय त्रीवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरण ,देखि बाजुरा जिल्ला स्थित सरोकारवाला राजनीति दल पत्रकार मुखदर्शक बनेको कुरा समेत उल्लेख छ । यसका साथै प्रेस बिज्ञप्ती मार्फत बजार व्यवस्थापन समितिले तत्काल समस्या समाधान गर्नुपर्ने जोर दार माग गरेको छ । यसका साथै तत्काल समस्या समाधान गर्न कुनै पहल कदमी भएन भने माघ २ गते देखि बाजरावासी सरोकारवाला पक्ष मार्तडी बस्ने सर्वसाधारण सवै एकसाथ चरणवद्ध आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेताबनी समेत दिएको छ । बिरोधका कार्यक्रम अन्तर्गत टर्चलाइट,मैन्बक्ती जुलुस, नाराजुलुस,कालो पठ्ठी,प्रशासन ,त्रीवेणी नेपाल विद्युत प्राधिकरण कार्यालय र नगरपालिकाको कार्यालयमा धर्नाका कार्यक्रमहरु सहित ताला बन्दी ,चक्का जाम, आदि प्रेस बिज्ञप्तीमा उल्लेख छन् ।