धनगढी –कैलालीमा लुकाई छिपाई राखेको सालको काठ बरामद गरिएको छ। बिहीबार जिल्लाको कैलारी गाउँपालिका–८ लोहरपुरमा डल्लबमा लुकाई छिपाई राखिएको ३२ थान सालको काठ (कडि) बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले दिएकाे जानकारी अनुसार छइलाका प्रहरी कार्यालय हसुलिया र सब डिभिजन कार्यालय उदासीपुरबाट खटिएको टोलिले सो काठ बरामद गरेको हो। बरामद काठ र डल्लब सब डिभिजन कार्यालय उदासीपुर कैलालीको जिम्मा लगाएको प्रहरीकाे भनाइ छ ।
दिनेश खबरबाट साभार











