
बाजुरा-कोरोनाको तेस्रो लहर फैलिएसंगै बाजुरामा एक जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका २ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले जानकारी दिए ।उहाँका अनुसार भारतमा उपचारमा गएका थिए । बुढा गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण देखिएका बुढाको आज मृत्यु भएको हाे । उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा रहेका बेला मृत्यु भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको पनि बताइएकाे छ । मृतक बुढासंग आएका आफन्त होम आईसोलेसनमा बसेका छन् । बाजुरामा कोरोना संक्रमितको संख्या दैनिक रुपमा वृद्धि हुदै गएको छ ।हाल जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये बडीमालिका नगरपालिकामा ८ जना, बुढीगंगामा १ जना र बुढीनन्दा नगरपालिकामा २ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यालयल बाजुराले जनाएको छ ।











