बाजुरा- नेकपा एमाले खप्तड छेडेदह गाउँ कमिटीले तत्काल जिल्ला कमिटीमा सहभागि नहुने सहभागि नहुने निर्णय गरेको छ । बाजुरा र बझागंको सीमा क्षेत्र थामलेकमा बसेको गाउँ कमिटीको बैठकले सिंगो गाउँपालिकालाई नेतृत्वबाट गरिएको अन्यायका बारेमा बृहत समीक्षा र छलफल नभएसम्म जिल्ला कमिटीमा सहभागि नहुने निर्णय गरेको हो । एमाले बाजुराको सातौ जिल्ला अधिवेशनले कुनै छलफल नै नगरि एकपक्षीय निर्णय सुनाएर नेतृत्व चयन गरेको र सिंगो गाउँपालिका माथि अन्याय गरेको विरुद्ध रचनात्मक विद्रोह स्वरुप जिल्ला कमिटीमा सहभागि नहुने निर्णय गरेको गाउँ कमिटी अध्यक्ष गोपाल बुढाले बताएका छन् ।
सातौ जिल्ला अधिवेशनबाट खप्तड छेडेदह गाउँपालिकाबाट सदस्यमा नाम राखिएका लालबहादुर ओली, मन्देवी ओली, लालबहादुर खड्का, दिलबहादुर रावत, गणेश शाही, दानबहादुर रोकाया, पदम बहादुर नेपाली, मानबहादुर बुढा र विमला ओली कसैले पनि सपथ ग्रहण नगरि बहिष्कार गरेका छन् ।सिंगो पालिका प्रतिको नेताहरुको बुझाई स्पष्ट नआएसम्म जिल्ला कमिटीमा नबस्ने निर्णय गरिएको एमाले नेता नन्दबहादुर रावतले बताएका छन् । बैठकले गाउँ पालिका कमिटीलाई नै बलियो पार्ने गरि पालिकाबाट प्रतिनिधधित्व गर्ने नेताहरुले प्रतिवद्धता जनाएका छन् ।गाउँ कमिटीले माघ १० गतेदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर प्रत्येक ठोल बस्तीमा पुगेर घरभेट कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । सबै नेता कार्यकर्ता गाउँपालिका केन्द्रीत हुने, सबै नेताहरु गाउँ कमिटी सल्लाहकार समितिमा बस्ने र एमाले नेता लालबहादुर ओलीको नेतृत्व र निर्णयमा अघि बढ्ने निर्णय गरेको छ ।
कमिटीको बैठकले गाउँपालिकाको केन्द्र डोगडीमा पार्टी कार्यालय स्थापना गरि नियमित सञ्चालनमा ल्याउने र त्यसको संयोजक एमाले नेता एवं ७ नम्बर वडा अध्यक्ष खगेन्द्र रावतले गर्नेनिर्णय गरेको एमाले नेता दिपक नाथले बताएका छन् । बैठकले गाउँ कमिटीको सचिवालय गठन गरेको र जिम्मेवारी बाँडफाँड गरेको युवा नेता दिर्घ शाहीले जानकारी दिएका छन् । बैठकमा नेताहरु लालबहादुर ओली, दिपक रावत, लालबहादुर खड्का, दिलबहादुर रावत, दानबहादुर रोकाया, मानबहादुर बुढा सहीत ६० बढी सहभागि थिए । गाउँपालिकाका सबै नेता कार्यकर्ताले पार्टी नेतृत्वको अन्यायपूर्ण निर्णयका विरुद्ध एकता कायम गरेका छन्