युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
142 पटक पढिएको

धनुषा— नाम र राजधानीमा सहमति जुटाउन सभामुख सरोज यादवको संयोजकत्वमा गठित संसदीय समितिले प्रदेशको नाम ४ वटा र राजधानीको नाममा ३ वटा पेस गरेपछि प्रदेशको नाम र राजधानी फेरि मतदान प्रक्रियामै गएको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा दलका सांसदहरूले आ–आफ्नै अडान दोर्होयाएपछि नाम र राजधानी टुंग्याउन मतदान हुने भएको हो ।
फाइल तस्बिर
आइतबारको बैठकमा प्रदेशसभा सांसदहरू बोल्ने क्रम नसकिएकाले सोमबार ११ बजे फेरि संसद् बैठक डाकिएको छ । सोमबार सांसदको बोल्ने क्रम सकिएपछि नाम र राजधानीको छिनोफानो गर्न मतदानको समय तोकिने प्रदेशसभा संसद् सचिवालयले जनाएको छ । प्रदेशसभाको आइतबार बसेको पहिलो बैठकमा समितिका तर्फबाट सांसद प्रमेश्वर साहले प्रतिवेदन पेस गर्दै ‘जतिसुकै प्रयास गरे पनि नाम र राजधानीमा एकमत हुन नसकिएको’ बताए । उनले नाम र राजधानी मतदान प्रक्रियाबाटै छिनोफानो हुने दाबी गरे । लगत्तै बसेको दोस्रो बैठकमा सांसदहरुले नाम र राजधानीबारे आ–आफ्ना अडान राखेका थिए ।
सभामुख नेतृत्वको संसदीय समितिले प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस तथा राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगन्ज महानगरपालिका र वीरगन्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको छ । प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी ९केन्द्र० को साझा प्रस्ताव हो । जानकी नाममा भने एमाले र नेकपा ९एकीकृत समाजवादी० तथा मिथिला–भोजपुरा कांग्रेसको प्रस्ताव हो । यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस भनेर छुट्टै प्रस्ताव गरेका छन् । राजधानीमा जनकपुर सबै दलको साझा प्रस्ताव रहे पनि बारा–पर्साका सबै दलका सांसदहरुले वीरगन्ज छुट्टै प्रस्ताव हालेका छन ।
प्रदेश २ मा हाल जसपा, कांग्रेस, माओवादी ९केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० को संयुक्त सरकार छ । प्रदेशसभाका १ सय ७ सांसदमध्ये माओवादीले ४ सांसदलाई कारबाही गरेपछि हाल १ सय ४ सांसद छन् । प्रदेशको नाम र राजधानी टुंग्याउन दुई तिहाइ मत अनिवार्य छ । प्रदेश २ का सत्ता गठबन्धनले नै नाम र राजधानीको नाम फरक–फरक प्रस्ताव गरेपछि यो मामिला मतदान प्रक्रियाबाट टुंग्याइने भएको छ । करिब डेढ वर्षअघि, प्रदेशसभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगन्ज भन्ने प्रस्तावमा मतदान हुँदा दुवै प्रस्तावलाई दुई तिहाइ नपुग्दा अस्वीकृत भएको थियो ।
सांसदबीच घोचपेच
प्रदेशको राजधानी तोक्न प्रदेश सांसदबीच घोचपेच भएको छ । पर्सा, बारा र रौतहटका सांसदहरु जनकपुर महँगो सहर भएको र यहाँका स्थानीयले गर्ने व्यवहारप्रति असन्तुष्टि जनाएका छन् । जानकी भूमि जनकपुरप्रति उच्च सम्मान भए पनि जनकपुर राजधानी योग्य नभएको लोकतान्त्रिक सामाजवादी पार्टी ९लोसपा० का प्रदेश सांसद प्रह्लाद गोस्वामीले बताए । ‘महँगो घर भाडाले जनकपुर बस्न सास्ती छ । पछिल्लो चार वर्षको भोगाइले जनकपुर राजधानी भए पछुतो हुन्छ,’ उनले भने, ‘२ रुपैयामा हाजमोला खरिद गरेको ४ दिनपछि ५ रुपैयाँमा खरिद गर्नुपरेको छ ।’

प्रदेश सांसद सिंहासन साह कलवारले पटकपटकको आन्दोलनले वीरगन्जमा भएको आर्थिक, सामाजिक र मानवीय क्षतिलाई सम्मान गर्न वीरगन्जलाई राजधानी बनाउनुपर्ने तर्क गरे । जसपाकी सांसद करिमा बेगमले जनकपुरवासीको व्यवहार राजधानीलायक नभएको बताइन् । नेकपा एकीकृत समाजवादीका सांसद रवीन्द्र बैठाले जनकपुर राजधानी हुनुपर्ने बताए । कांग्रेस संसदीय दलका सचेतक उपेन्द्र कुशवाहले भौतिक संरचना र प्रदेशको ८ जिल्लालाई सहज आवतजावतका लागि जनकपुर राजधानी उपयुक्त रहेको बताए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद जयनुल राइनले राजधानी जनकपुरधामको पक्षमा ५ दल रहेकाले जनकपुरधामको पक्षमा मत दिन अनुरोध गरे ।

प्रदेशसभामा नाम र राजधानी अध्ययन विशेष समितिले प्रतिवेदन बुझाएको छ । समितिले सुझावसहित बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको छ । समितिले माघ पहिलो साता गोप्य मतदानमा जान प्रदेशसभालाई अनुरोधसहितको प्रतिवेदन बुझाएको छ । समितिले गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्धलगायतका व्यवस्थापन मिलाउने सुझावसहितको प्रतिवेदन प्रदेशसभामा पेस गरेको छ ।
राजधानी बनाउन दबाब
प्रदेशसभामा टुंगो लाग्न बाँकी रहेको प्रदेशको नामका लागि जनकपुर र वीरगन्जवासीले दबाब बढाएको छ । प्रदेशसभामा जनकपुर र वीरगन्जलाई राजधानी बनाउन दुई प्रस्ताव पेस गरिएको छ । सबै दलले जनकपुरलाई राजधानी बनाउन प्रस्ताव गरे पनि ती सबै दलका बारा–पर्साका सांसदहरुले भने वीरगन्जलाई राजधानी बनाउन अर्को प्रस्ताव पनि पेस गरेको छ । जनकपुरलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जनकपुर उद्योग वाणिज्य संघले आइतबार मुख्यमन्त्री लालबाबु राउत र सभामुख सरोज यादवलाई ज्ञापनपत्र बुझाएको छ । संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा उद्योगी–व्यवसायी सम्मिलित टिमले प्रदेश २ को राजधानी जनकपुर नै उपयुक्त रहेको दाबी गरेका छन ।

यस्तै, वीरगन्जलाई राजधानी बनाउन पनि त्यहाँ दबाबमूलक कार्यक्रम भइरहेको छ । आइतबार बिहान गृहनगर वीरगन्जमै रहेका मुख्यमन्त्री राउतको निजी निवास अगाडि वीरगन्जवासीले राजधानी वीरगन्ज बनाउन दबाब दिए । राउतको घरअगाडि भेला भएका वीरगन्जवासीले ‘मुख्यमन्त्रीसँग राजधानी साट्न नपाइने’ भन्दै नाराबाजी गरे । अहिले प्रदेश २ को अस्थायी राजधानी जनकपुर हो ।
आजको कान्तिपुर दैनिकमा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!