युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
344 पटक पढिएको

SITENAME

बाजुरा– जिल्लाको पुर्वी क्षेत्रमा सञ्चालन भएको सडक मार्तडी कोल्टीसडक खण्ड अन्तरगत बडिमालिका नगरपालिका वडा न ७ को चुथी देखी ढम्कने सम्मको निर्माण कार्य अझै संचालन हुन सकेको छैन । कामको जिम्मा पाएको निर्माण कम्पनीले सडक निर्माणामा ध्यान नदिएको पाइएको छ । सो सडकमा सामान्य काम पनि नगर्दा गाडी तानेर यातायात सञ्चालन गर्नु परेको छ । मार्तडी देखी कोल्टी सम्म ४० किलोमिटर कालोपत्रे गर्ने गरि प्रदेश र संघ सरकार बाट रकम बिनियोजन भएको भएपनि अहिले सम्म सडक जस्तो पहिले थियो अहिले सम्म गाडी तानेर यातायात सञ्चालन गरिरहेका छन ।

मार्तडी देखी कोल्टी सम्म तिन खण्डमा पुर्वाधार विकास कार्यलय अछामले टेन्डर गरेको भएपनि यातायात तानेर सञ्चालन गरिहेका छन । मार्तडी देखी चुथि सम्म ९ किलोमिटर पहिलो खण्ड, चुथि देखी ढम्कने सम्म ५ किलोमिटर दोस्रो खण्ड र ढम्कने देखी कोल्टीचौर सम्म २६ किलोमिटर ठेक्का गरेर कार्यालयले निर्माण कम्पनीलाई जिम्मा दिएको थियो ।

अन्य सडक खण्डमा काम शुरु भइरहेको भएपनि दोस्रो खण्ड चुथी देखी ढम्कने सम्म ५ किलोमिटरमा ठेकेदारको लार्पवाहीले काम हुन सकेको छैन् । सो सडक खण्डमा ट्याक्टर जीप लगायतका यातायातका साधानहरू तानेर सञ्चालन गर्नुपरेको ट्याक्टर चालकले वताएका छन् । पटक पटक सडक सुधारका लागि हारगुहार गरेपनि कतै बाट पनि वास्ता नभएको स्थानिय नर बहादुर विकले बताए ।

सड्क खण्डमा गाडी तानेर यात्रा गर्न बाध्य भएका छन । अबस्थित सड्क र खाल्डा खुल्डीका कारण जोखिम रुपमा यातायात सञ्चालनमा हुने गरेको चालकले वताएका छन् । बडिमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले भने चुथि देखी ढम्कने सम्मको सडकको एक दुई ठाँउमा गाडी तानेर सवार गर्नुपर्ने बाध्यता रहेको वताएका छन । चुथी देखी ढम्कने सम्मको ५ किलोमिटर सडकको जिम्मा लिएको बाँनिया इश्वशेर जेवि कम्पनीले काममा ढिलाई गर्दा समस्यामा भएको वडा अध्यक्ष धर्मराज पाध्यायले बताउनु भयो ।

आयोजना कार्यालय साफेँबगरका प्रमुख रुद्र बोगटीले भने ठेकेदार कम्पनीको म्याद असारमा सकिएको थियो । कोरोनाको कारण भनेर आउदो असार सम्म म्याद थपेको बताए । गएको असार सम्म ५ किलोमिटर कालोपत्रे गरि सक्नु पर्ने हो, तर कोरोनाको कारणले १ बर्ष म्याद थपिएको छ ।आयोजना कार्यालय र जिल्ला प्रशासन कार्यालयले पटक पटक ताकेता गरेको भए पनि सो निर्माण कम्पनीले वास्था नगरेको बताएका छन । स्थानीय हिलोको प्रबाह नगरी पैदल गरिरहेका छन भने यातायातका साधानहरूलाइ कालोपत्रे गर्नुको साटो सामान्य यातायात सम्म सडक नबन्दा सास्ति भोग्नू परेको छ । ट्याक्टरको अगाडिको भागले तानेर पालै पालो गाडिहरु तान्ने गरेको जिव सञ्चालकले बताउनु भएको छ ।

कार्यलय प्रमुख बोगटीले भने पटक पटक कम्पनीलाई ताकेता गर्दा पनि वेवास्ता गर्दै आएको उनले बताए । दुई पटक चिठी पठाईसकेका छौ, तर पनी काम गर्न आलटाल गरिरहेको बताए । अहिले उक्त ठेकेदार सम्पर्कमा नआएको आयोजना कार्यालयका प्रमुख बोगटीले बताएका छन । बाँनिया इश्वशेर जेवि कम्पनीका ऋषि बाँनियाले भने बाजुरकाकै यज्ञ शाहिलाई कामको जिम्मा दिएको तर उनले समयमै काम गर्न नसकेको वताए । उसलाइ पटक पटक भनिरहेका छौ, अब उसले काम गर्न नसके अर्कोलाई जिम्मा दिएर चाडै निर्माण कार्य शुरु गर्ने भन्ने बानिया पनि निर्माण स्थल पुगेका छैनन ।

यस अघि बडिमालिका खवरको टिमले मंसिर २९ गते बानियालाइ सम्पर्क गर्दा केही दिनमै काम सुरू गर्ने भनेका भए पनि हाल सम्म सम्पर्क बिहिन बनेका छन । जिल्ला प्रशासन कार्यालय बाजुराले सडक निर्माण गर्न पटक पटक ठेकेदार र आयोजना कार्यलयलाई ताकेता गरेको भए पनि ठेकेदारले वेवास्ता गरेको वताए । मार्तडी कोल्टी सड्क खण्ड ४० किलोमिटर कालोपत्रेका लागि १ अरब ५७ करोड ७५ लाख १२ हजार रकम बिनियोजन भएको थियो । शुदुरपश्चिम प्रदेश सरकारको बहुबर्षिय योजनामा परेको सडक पनि हो ।

बिगतमा ४० किलोमिटरमा ३५ करोड भन्दा बढि खर्च भइसकेको थियो । २०५६ सालमा निर्माण कार्य शूरु भएको मार्तडी–कोल्टी सड्क निर्माण भएको २२ बर्ष सम्म पनि पुरा हुन सकेको छैन । २०५६ फाल्गुण ७ गते तत्कालिन जिल्ला सभापति लाल बहादुर थापाले उक्त सड्कको शिलन्यास गरेका थिए । शिलन्यासका बेला २०६० सम्म कोल्टिमा गाडी पुयाईसक्ने लक्ष्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!