
बाजुरा- बिहिवार मात्र जिल्लामा १५ जनामा पिसिआर रिर्पोट ओमिक्रोन पोजेटिभ देखिएको छ । जिल्ला अस्पताल बाजुरामा ३३ जनाको पिसिआर बिधीबाट परिक्षण गर्दा १५ जनामा पिसिआर रिर्पोट ओमिक्रोन पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका नि. कार्यालय प्रमुख न्यौपानेका अनुशार पोजेटिभ १५ जना मध्य २ जना गौमुल गाँउपालिकाका र बाँकी १३ जना बडिमालिका नगरपालिकाका रहेको बताइएकाे छ ।
त्यस्तै एन्टिजेन बिधीबाट परिक्षण गर्दा ६ जनाको रिर्पोट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जस मध्य १५ जनाको परिक्षण गर्दा ६ जनाको रिर्पोट पोजेटिभ देखिएको नि.कार्यालय प्रमुख न्यौपानेले जानकारी दिए । पिसिआर पोजेटिभ देखीएका सबै जना अहिले होम आइसुलेनमा बसिरेहको न्यौपानेको भनाई छ । उनले भने स्वास्थ्य अबस्था त्यँति जटिलता नभएको समेत बताएका छन् । अहिले यसबाट सबै नागरिकले स्वास्थ्यका मापदण्डको पालना गरी सचेत र सुरक्षित रहनु पर्ने नि. कार्यालय प्रमुख लेखनाथ न्यौपानेले आग्रह गरेका छन् ।











