काठमान्डाैँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्न लागेका छन्।
आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सरकारको एक सय दिन पुगेको अवसरमा प्रधानमन्त्री देउवाले सम्बोधन गर्न लागेका हुन्।