
- बाजुरा – नयाँ भेरियन्टको दोस्रो कोरोनाका लहरबाट ग्रसित बनेर मृत्यु भएका बडीमालिका नगरपालिका–९ का वडाध्यक्ष विनोद वि क को शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
शनिबार उपचारका लागि डडेल्धुरा लैजादै गर्दा अछामको साँफे बगरमा मृत्यु भएको थियो ।
लामो समयदेखि विरामी रहेका वडाध्यक्ष वि क को कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु भएका वडाध्यक्ष वि क को जिल्लामा रहेको दुर्गाभञ्जन गुल्मका सेनाले आइतबार विहान शव व्यवस्थापन गरेको हो ।
नेकपा एमालेबाट निर्वाचित भएका वडाध्यक्ष वि क शनिबार कोरोना संक्रमणका जिल्लामा भ्यान्टिलेटर र आइसीयु नहुँदा उपचार नपाएर बीच बाटो मै मृत्यु भएको बताइएको छ ।