बाजुरा-राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ पुगेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ । २०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक नतिजा अनुसार महिला ७१ हजार ३ सय ९० र पुरुष ६७ हजार ६ सय ८ रहेको छ । बाजुरामा पुरुष भन्दा महिला ३ हजार ७ सय ८२ जना बढी देखाएको छ ।
२०७८ को प्रारम्भिक नतिजा अनुसार २३ हजार ८ सय ९१ घर संख्याको गणना गरिएको छ । बाजुरामा परिवार संख्या २८ हजार ९ सय २२ रहेको छ । बाजुराको लैंगिक अनुपात ९४.७० रहेको छ । परिवारको आकार ४.८१, जनघत्व ६४ रहेको छ । बाजुराको बार्षिक बृद्धि दर ०.२९ प्रतिशत रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।जिल्लाका ९ वटा स्थानीय तह मध्ये सबैभन्दा बढी जनसंस्ख्या बुढीनन्दा नगरपालिकाको रहेको छ भने कम जनसंख्या गौमुल गाउँपालिकाको रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बडीमालिका नगरपालिकाको १८ हजार ४ सय ३२, बुढीगंगा नगरपालिका २० हजा ७२, बुढीनन्दा नगरपालिकाको २० हजार ७ सय ४५ र त्रिवेणी नगरपालिकाको १७ हजार ९ सय ८९ रहेको छ ।
त्यस्तै खप्तड छेडेदह गाउँपालिकाको १९ हजार २ सय ७४, गौमुल गाउँपालिकाको ८ हजार ७ सय ६५, हिमाली गाउँपालिका १० हजार ५ सय ३, जगन्नाथ गाउँपालिका १० हजार २ सय ५ र स्वामीकार्तिक खापर गाउँपालिकाको १३ हजार १३ जनसंख्या रहेको तथ्याङ्कमा सार्वजनिक भएको छ ।प्रारम्भिक नतिजा अनुसार बडीमालिका नगरपालिकामा परिवार संख्या ४ हजार ८२ रहको छ भने पुरुषको संख्या ९ हजार ३ सय ५३ र महिलाको संख्या ९ हजार १ सय ७९, बुढीगंगामा परिवार संख्या ४ हजार ६ सय ८० र पुरुषको संख्या ९ हजार २ सय ५९, महिलाको संख्या १० हजार ८ सय १३, बुढीनन्दामा परिवार संख्या ४ हजार ३ सय १८ र पुरुषको संख्या १० हजार २ सय १४ र महिलाको संखया १० हजार ५ सय ३१, त्रिवेणीमा ४ हजार ३६ र पुरुषको संख्या ८ हजार ३ सय ६८ र महिलाको संख्या ९ हजार ६ सय २१ रहेको छ ।
त्यसैगरी खप्तड छेडेदह गाउँपालिकामा परिवार संख्या ३ हजार ६ सय २७ र पुरुषको संख्या ९ हजार ३ सय २६ महिला ९ हजार ९ सय ४८, गौमुलमा परिवार संख्या १ हजार ७ ३१ र पुरुषको संख्या ४ हजार ३ सय ७३ महिलाको संख्या ४ हजार ३ सय ९२, हिमालीमा परिवार संख्या २ हजार ९२ पुरुषको संख्या ५ हजार २ सय ८४ महिलाको संख्या ५ हजार २ सय १९, जगन्नाथमा परिवार संख्या १ हजार ९ सय ६५ र पुरुषको संख्या ४ हजार ९ ३८ महिला ५ हजार २ सय ६७, स्वामीकार्तिकमा परिवार संख्या २ हजार ३ सय ९२ र पुरुषको संख्या ६ हजार ५ सय ९३ र महिलाको संख्या ६ हजार ४ सय २० रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको जनाएको छ ।