
काठमाडौं- मोरङमा बुबाको हत्या आरोपमा छोरालाई पक्राउ गरिएको छ। बेलबारी नगरपालिका ९ डाँगीहाट बजारका ८८ वर्षीय दलबहादुर खत्रीको हत्या आरोपमा उनकै छोरा ३५ वर्षीय जयबहादुर खत्रीलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार बुधबार राति मापसे गरेका जयबहादुरले सामान्य विवादमा बुबा दलबहादुरमाथि हातपात गरी भुइँमा लडाएर दुवै हातले घाँटी निचोर्दा दलबहादुरको घटनास्थलमै मृत्यु भएको बताइएकाे छ । इलाका प्रहरी कार्यलय बेलबारीका अनुसार जयबहादुरलाई कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट ५ दिन म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।











