बाजुराः लामो समयको अथक प्रयास पछि जिल्ला अस्पतालमा पिसिआर ल्याव र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याइएको छ । शुक्रबार संसद लाल बहादुर थापाले रिवन काटेर एक कार्यक्रमका साथ संचालनमा ल्याएको हो । शुदुरपश्चिम प्रदेश सरकार बाट ८० लाख र संघिय सरकारको ७५ लाख गरि १ करोड ५५ लाख बिनियोजन भएको थियो ।
जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याव र कोरोनासंगै अन्य विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको हो । जिल्ला अस्पताल बाजुराले स्थापना गरेकोे पिसिआर ल्याव र अक्सिजन पलान्टको एक औपचारिक कार्यक्रमका विच बाजुरा जिल्लाका माननीय लालबहादुर थापाले दुवै सेवाहरुको एकैसाथ रिवन काटेर उद्धघाट्न गर्नु भएको छ ।
संघ, प्रदेश र स्थानीय सरकारको लगानीमा पिसीआर ल्याव र अक्सिजन प्लान्टको सेवा संचालनमा ल्याएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । केही दिन अघि देखि पिसिआर सेवा र अक्सिजन प्लान्ट सेवा संचालनमा ल्याएको भएपनि आजबाट औपचारिक रुपमा दुवै सेवाहरु सूचारु गरिएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् ।
यसअघि जिल्लामा पिसिआर मेसिन नहुँदा कोरोना परीक्षणका लागि संकलित स्वाब डडेल्धुरा, धनगढी, नेपालगन्ज लगायतका अस्पतालमा पठाउनुपर्ने बाध्यता थियो । त्यस्तै अक्सिजन प्लान्ट सेवा नहुँदा कोरोनाका विरामीका साथै स्वास प्रस्वास सम्वन्धिका अन्य विरामीहरु समेतलाई जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहदै आएको थियो । जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव सेवा र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएपछि यहाँका विरामीहरुलाई सहज हुने भएको छ ।











