बाजुरा- नेपाली काँग्रेस बडिमालिका नगरपालिका वडा न १ पिनालेखमा नेपाली काँग्रेसको वडा कार्यसमितिको आज समिक्षा बैठक सम्पन्न भएको छ । सनिबार नेपाली काँग्रेसको कार्यबाहक सभापति कृष्णबहादुर कार्कीको अध्यक्षतामा बैठक सम्पन्न सम्पन्न भएको हो । समिक्षा बैठक औपचारिक कार्यक्रमका बिच सम्पन्न गरिएको बडिमालिका नगरपालिका वडा न. १ वडा कार्य समितिले जनाएको छ ।
कार्यक्रममा पार्टीलाई थप कसरी बलियो र सशक्त बनाउने आगामी दिनमा पार्टीलाई सदृढिकरण गर्दै लैजाने नजिकिदै गरेको स्थानिय निर्वाचनको पुर्व तयारी के गर्ने भन्ने बिषयमा समिक्षा गरिएको बताइएको छ । आज कार्यबाहक सभापति कृष्णबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको समिक्षा बैठक कार्यक्रममा प्रमुख अथिती नेपाली काँग्रेसका पुर्व जिल्ला कार्यसमिति सभापति कविराज पण्डित रहुनु भएको थियो। कार्यक्रममा विशिष्ट अथिती नेपाली काँग्रेस पुर्व जिल्ला कार्यसमिति सदस्य कृष्ण राज उपाध्याय जिल्ला कार्यसमिति कृष्ण बहादुर कार्की बडिमालिका नगरकार्य सभापति गोपाल बहादुर कार्की सल्याला टोल कार्य समिती सभापति करे कार्की नुवाकोट टोल कार्यसमिति सभापति ईस्वर भण्डारी पिनालेख टोल कार्यसमिति सभापति गोरे दानी पाटा टोल कार्समि सभापति प्रकाश नाथ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस वडासमिती सचिव सुरेश दानीले गर्नु भएको थियो भने कार्यक्रममा सुभाकमना मनत्व्य वडा समिती सदस्य घन्स्याम भण्डीले राख्नु भएको थियो । कार्यक्रममा ३ सय भन्दा बढिको बाक्लो उपस्थिति रहेको थिए ।











