
धनगढी–कञ्चनपुरमा बन्चरो प्रहार गरी बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। आइतबार राति लालझाडी गाउँपालिका– २ कंज गाउँका २२ वर्षीय राम विलास रानाले आफ्नै ४० वर्षीय बुवा ठग्गु रानालाई बन्चरो प्रहार गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
राति करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको बैलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताए। हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको उनकाे भनाइ छ ।
प्रहरी निरीक्षक खडकाका अनुसार घरायसी विवादका कारण राम विलासले ठग्गुको हत्या गरेको अनुसन्धानबाट खुलेको छ। मृतकको शव परीक्षणका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा पठाइएको र आरोपितमाथि थप अनुसन्धान भइरहेको बताइएकाे छ ।
श्राेतदिनेश खबर











