युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
107 पटक पढिएको

Open photo

बाजुरा-मानव सेवा आश्रम धनगढीले बाजुराका सरोकारवाला ब्यक्तिहरु संग अन्तरक्रिया कार्यक्रम गरेको छ । बिहिवार जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख एवम प्रतिनिधिहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो । सडकमा रहेका व्यवारीहरुको उद्धार गर्दै स्थापना भएको मानव सेवा आश्रम केन्द्रले सडकको पेटिमा बेवारिसे भौतारिदै हिडिरहेका ब्यक्तिहरुको उद्धार गरि उनिहरुको पालन पोषण गर्दै आइरहेको छ । नेपाल भर सातै प्रदेशमा आफ्नो शाखा तथा केन्द्रहरु संचालन गरी झण्डै ७ हजार बढी खुला आकाशमुनि सडकको पेटीमा एवम सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बिवश सहयोगापेक्षीहरुको उद्धार ,उपचार, र पालन पोषण तथा परिवार भेटिन सम्भव भएकाहरूको परिवार खोजी गरि पारिवारिक पुनर्मिलन गराउदै आइरहेको छ ।

दुई वटा फल्याट भाडामा लिएर हेटौंडा जिल्ला बाट सुभारम्भ गरेको मानव सेवा आश्रम केन्द्रले हाल आफ्नै भवन निर्माणको कामलाई पनि तीब्रता दिदै गएको छ । हाल सिङ्गो कर्णाली प्रदेश र गण्डकी प्रदेशलाई सहयोगापेक्षी सडकमानवमुक्त प्रदेश घोषणा भैसकेका छन् । हाल देशभरका १७ जिल्लाहरुमा मानव सेवा आश्रम संचालनमा छ । १४ वटा केन्द्र र शाखाहरु रहेका छन् भने १५७० जना आश्रीत छन । २४१९ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ भने १६७४ जना उपचार पछि आफनै स्वेच्छाले घर फर्केका छन । एस्तै ६३८ जनाको निधन भएको छ । ३५५ जनालाई सामुदायिक पुनरस्थापना गरिएको छ भने हाल ६२९३ जना सेवा प्रदान गरिरहेका छन । जसको आम बाबा छैन ती अनाथ बालबालिकाहरु, जसको छोराछोरी कोही छैनन् ती बिद्ध आमाबुवाहरु र मानसिक सन्तुलन गुमाएकाहरु जो सडकमै सडेगलेको खाने गर्छन्  । जेठ बैशाखको चरी धूपमा होस वा पुष माघको कठ्याङ्रीदो चिसोमा सडकमै रात कताउन्छन्  । जसको सडक बाहेकको अर्को कुनै सहारा छैन । जसको आमा बुवा बास गाँस कपास नै सडक हो । त्यस्ता ब्यक्तिहरुलाई सडकको पेटिबाट उद्धार गरि आमा बुवा बिहिनको अभिभावक,छोराछोरी बिहिन बिर्द्ध आमाबुवाहरुको छोराछोरी, व्यसाहारा बिहिनको सहारा, आहार, जसको कोही हुदैनन् ,उसैको सबठोक बन्दै अवरात्र मानवहरुको निरन्तर सेवामा समर्पित एउटा मात्र सामाजिक सस्था मानव सेवा आश्रम केन्द्र हो ।

हेटौंडा जिल्लाबाट सुरु गरिएको मानव सेवा आश्रम केन्द्र हाल देशका जिल्लामा स्थापना भै मानव सेवा गर्दै आइरहेको छ । विभिन्न जिल्लामा नयाँ आवास गृह समेत निर्माण हुदैछन । हाल देशभरका वटा मानव सेवा आश्रम केन्द्रमा जना बेसाहाराहरु रहेका छन् । मानव सेवा आश्रम कुनै बिदेशी सहयोग र अनुदानबाट संचालन नभएको मानव सेवा आश्रम केन्द्रको भनाई छ ।आम जनसमुदायका मनकारी मानवतावादी चिन्तन भएका ब्यक्तिहरु स्थानीयहरुको सहयोगमा आश्रम सेवा संचालन भैरहेका छन् । मानव सेवा आश्रम केन्द्रलाई जन्मदिनको अवसरमा ,त्यसै गरि विभिन्न कार्यक्रमहरु, ब्यापारीहरुबाट सहयोग आउने गरेको मानव सेवा आश्रम केन्द्रको दावी छ । अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिममा पनि मानव सेवा आश्रमको आवास गृह निर्माण हुन लागेको हुदा मानव सेवा आश्रमलाई सहयोग गर्न पनि मानव सेवा आश्रम केन्द्र धनगढीले जिल्लाका ९ वटै स्थानीय तहका जनप्रतिनिधिलाई अनुरोध गरेको छ । साथै अन्तरक्रिया कार्यक्रममा सुदुरपश्चिमका ९ वटै जिल्लालाई मुक्त जिल्ला बनाउने तयारी रहेको बताइएको छ । प्रदेशलाई मुक्त घोषणा गर्ने तयारी रहेकोले प्रदेश प्रमुख देवराज जोशीले बाजुरा बाटै सुरु गर्न सुझाव दिएपछि सवैभन्दा पहिला बाजुरालाई फागुन महिना भित्र नै सहयोगापेक्षी सडकमानव मुक्त घोषणा गरिने भएको छ ।

अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस बाजुराका सभापति एवम त्रीवेणी नगरपालिकाका नगर प्रमुख रामसिह रावल, नेकपा एमाले जिल्ला कमिटी सचिव भारत थापा,जिल्ला समन्वय समिति अध्यक्ष नरेन्द्र रोकाया,प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौड्याल, बडिमालिका नगरपालिका नगर प्रमुख एवम कांग्रेस जिल्ला कार्य समिति उपसभापति, पदम बडुवाल, हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र मल्ल, बुढीगंगा नगरपालिका नगर उपप्रमुख तारा थापा खाती,प्रहरी निरीक्षक देवेन्द्र नाथ लगायत जिल्ला स्थिति सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा जिल्ला स्थित सरोकारवाला निकायका प्रमुख एवंम प्रतिनिधिहरुले सेवा नै धर्म हो भन्ने उदेश्यले मनावता प्रवद्धन महा अभियानमा जुटेको मानव सेवा आश्रम केन्द्रलाई धन्यवाद दिदै आफ्आफ्नो तर्फबाट सवैले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

देशभरका बिभिन्न जिल्लाहरूमा संचालित मानव सेवा आश्रम माथी राज्यको समेत नजर पर्न सकेको छैन । जो राज्यको नजरबाट सधै ओझेलमा छन् । मानव मानव बिच जुन राज्यले नै सौतेनी ब्यवाहार गरिरजेको छ । के ती मानसिक सन्तुलन गुमाएका नागरिकहरु देशको नागरिक होइनन् ,के आमाबुवा गुमाएका अनाथ टुहुरा बालबालिकाहरु देशको नागरिक होइनन् , खै कहाँ छत सरकार देशका सवै नागरिकहरुलाई समान हक समान सेवा सुबिधा हुनुपर्ने भन्ने संबैधानिक ब्यवस्था त कागजको पानामा मात्र सिमित भएको देखिन्छ । कहिले गर्छ त खोजी अनि ब्यवस्थापन सडकको पेटिमा जिन्दगी बिताउन बिबश सहयोगापेक्षी मनवहरुको खोजी । पहुँचमा भएका हरुले मात्र राज्यबाट सेवा सुबिधा ग्रहण गर्न पाउने प्रबृत्तिको अन्त्यमा अब कहिलेसम्म हुन्छ त सरकार ? यसरी प्रश्न चिन्ह खडा हुने गरेको छ ।

आफ्नो गाँस बास र कपास सडक भएका हरुले कि राज्यबाट सेवा सुबिधाहरु नै पाउदैनन् त एदि पाउन्छन र पाउनुपर्छ भने कहिले पाउन्छ्न त ? सरकार किन गैरजिम्मेवार ? मानीस मानिस बिच किन बिभेध? कि सडकमा भोकभोकै बेवारिसे हिड्ने मानव मनाव नै होईन ? एदि मानव नै हुन भने अव यी सडकको पेटिमा जिन्दगी बिताउन बिवश सडक छाप सहयोगापेक्षी मानवहरुको पालन पोषण उद्धार , उपचारको जिम्मा अब राज्यले लिन जरुरी छ । राज्य यसमा गरजिम्मेवार बन्न मिल्दैन । तत्काल तीन वटै तहका सरकारहरुले यी मानवहरुको उद्धारमा पहल चाल्नुपर्ने देखिन्छ । सरकारले बिकासवादी चिन्तनमात्र नभैइ मानवतावादी चिन्तनलाई पनि अघि सार्नुपर्ने देखिन्छ । जसको पालण पोषण र उचित हेरचाह र सुरक्षाको जिम्मा राज्यले लिन जरुरी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!