काठमाडौं–एक युवकले सप्तरीमा आफ्नै भाउजूको शरिरमा पेट्रोल छर्केर आगो लगाएर हत्या गरेका छन्। बोदेबर्साइन नगरपालिका–१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीको श्रीमान रविनको आरोप छ।
राजकुमारीको उपचारको क्रममा मृत्यु भएको हो। २१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय प्रमेश्वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। मृतकको श्रीमानको जाहेरीका आधारमा आगजनी गर्ने देवरको खोजी भइरहेको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
दिनेश खबरबाट साभार