युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न |
413 पटक पढिएको

खाद्य संस्थानको जग्गामा निर्माण भएका टहरा हटाउन व्यवसायीको आनाकानी

बाजुरा – जिल्लाको बडीमालिका नगरपालिका–८ को बीच बजारमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जग्गामा निर्माण गरिएका टहरा हटाउन पटक- पटक ताकेता गर्दा पनि व्यापारीहरुले अटेर गर्दै आएको  पाइएकाे छ । कम्पनी र बडीमालिका नगरपालिका बीच भाडामा लिने गरी भएको सम्झौता अनुसार नगरपालिकाले व्यापारीलाई उत्तः जग्गा खाली गर्न तीन महिना देखि पत्र पठाउने गरेको भएपनि व्यापारीहरुले टहरा हटाउन व्यवास्ता गरेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

नगरपालिका भरिका कृषकले उत्पादन गरेका अन्न तथा तरकारी बाली राख्नका लागि कोल्ड स्टोर निर्माण गर्नका लागि कम्पनीसंग गरेको सम्झौता अनुसार पटक पटक व्यापारीलाई टहरा हटाउन पत्र पठाउदा समेत कुनै चासो नदेखाएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल वि.क.ले बताएका छन् ।
उहाँका अनुसार नगरपालिका कार्यपालिकाको बैठकबाट टहरा हटाउनका लागि टहरा बनाएका व्यापारीहरुलाई पत्र पठाउदा समेत पत्र नै नबुझ्ने गरेको बताइएकाे छ। उनका कोल्ड स्टोर निर्माणका लागि टहरा हटाउन पत्र दिएपनि नबुझ्नेमा गगन ऐडी,कृष्णनाथ योगी,लक्ष्मी थापा र प्रकाश थापा रहेको निमित्त प्रशासकीय अधिकृत वि.क.ले  जानकारी दिए ।
कृषकका लागि कोल्ड स्टोर निर्माण गर्न कृषि विकास निर्देशनालयले करिव ४४ लाखको ठेका गरी ठेका समेत एस एच कन्ट्रक्सनले कुँवरले लिइ सकेको छ । ठेका आह्वान भएर पनि गएको जेठमा कोल्ड निर्माण लागि कृषि विकास निर्देशनालय र एसएच कन्ट्रक्सन बीच सम्झौता  पनि  भइसकेको छ । ठेका सम्झौता भएको लामो समय भइसक्दा पनि ठेकेदारले काम नगरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले कम्पनीसंग भएको सम्झौता अनुसार जग्गाको भाडा तिर्दै आएको छ ।
यता एस एच कन्ट्रक्सनका ठेकेदार हस्तबहादुर कुँवरले नगरपालिकालाई पटक÷पटक ठाउँ खाली गराइ दिन पत्र लेखेको भएपनि हाल सम्म कोल्ड स्टोर निर्माण गर्न ठाउँ नभएकाले निर्माण कार्यमा ढिलाई भएको  बताए ।  ठेका सम्झौता भएको दश महिना वित्न लाग्दा समेत नगरपालिकाले ठाउँ उपलव्ध नगराएकाले निर्माणको कार्य अघि बढाउन नसकेको उनले बताएका छन्  । कोल्ड स्टोर निर्माणका लागि जग्गा नै खाली नभएपछि सम्झौता अनुसार काम नभएकाले त्यसको क्षतीपुर्ति समेत नगरपालिकाले दिनुपर्ने उनकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!