बाजुरा –जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर ५ का २० परिवारलाई साहित्यकार ,सामाजिक अभियान्ता एवम नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रिता शाहीको पहलमा २० परिवारलाई न्यानो कपडा कम्मल वितरण गरिएको छ । आइतवार एक औपचारिक कार्यक्रमका बिच नेपाली काङ्ग्रेस बाजुरा कि महाअधिवेन प्रतिनिधि तथा समाजिक अभियान्ता रीता शाहिकाे पहलमा न्यानो लुगा वितरण गरिएको हो ।
अभियान्ता तथा नेतृ शाहीका अनुसार यस अघि पनि बाढी पहिरो पिडित एकल महिला र काेराेनाको जोखिमबाट प्रभावित १० परिवारलाई पहिलो चरण र १० परिवारलाई दाेर्साे चरण गरेर वितरण गरेको बताइएको छ । पुन आज पहिलो चरणमा बुढिगंगा वडा न. ५ र दाेर्साे चरणमा बुढिगंगा वडा न . २ गरेर २५ परिवारलाई ३० हजार बराबरको कम्मल बितरण गर्ने शाहिले बताएकी छन् । औपचारिक कार्यक्रमका बिच गरिएको न्यानो लुगा बितरण कार्यक्रममा न्यानो कम्मल बितरण गरेको भन्दै कार्यक्रममा स्थानीयले शाहीलाई र सहयोगी सम्पुर्णलाई धन्यवाद दिएका छन । औपचारिक कार्यक्रमका बिच बितरण गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अथिती साहित्यकार ,अभियान्ता एवम नेपाली कांग्रेसकि नेतृ रिता शाही रहनुभएको थियो । कार्यक्रम को संचालन कार्यक्रम संचालन नेपाली कांग्रेस वडा न. ५ नम्बर ५का वडा सभापति खड्का थापाले गर्नु भएको थियो ।