बाजुरा– मंगलबार बाजुरामा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाजुराका अनुसार सोमबार दिउसो ३ बजेदेखि मंगलबार दिउसो ३ बजेसम्म एन्टिजेन प्रविधिबाट ५१ जनामा गरिएको परिक्षणमा २० जनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ ।
यो संगै बाजुरामा कोरोना संक्रमितको संख्या २ सय ३५ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । जसमध्ये हाल सक्रिय संक्रमित २ सय १३ जना रहेका छन् भने १८ जना निको भइसकेका छन् । ४ जना संक्रमितको मृत्यु भैसकेको छ ।हाल सम्म ६ सय ६२ जनाको परिक्षण गर्दा २ सय ३५ जनामा कोरोना पोजेटिभ देखीएको स्वस्थ्य कार्यालय बाजुराले जनाएको छ ।