बाजुरा– नयां भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड १९)को दोस्रो लहर बढिरेको बेला कालो बजारि नियन्त्रणका लागि जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराले बजार अनुगमनलाई तिब्रता दिएको छ ।
कोरोना भाइरसको कहरमा घरेलु तथा साना उद्योग विकाश कार्यालय र जिल्ला प्रशासन कार्यालय बाजुराको सयुक्त टोलीदे मंगलबार बुढिगंगा नगरापालिको बाम्बका बजार र ताप्रीसेरा बजारको अनुगमन गरिएको हाे ।
अनुगमनका क्रममा एक लाख मुल्य बराबरको अखाद्य बस्तुहरु जफत गरि म्याद गुज्रेका खाद्यबस्तु सरोकारवाला र संञ्चारकर्मीहरूको रोहबरमा भेटिएका अखाद्य बस्तु नष्ट गरिएको छ ।
नयां भेरिउन्ट सहितको कोरोना (भाइरस–कोभिड १९) को कहरमा बुढिगंगा नगरपालिका बाम्का र ताप्रीसेरा बजारको अनुगममको क्रममा विभिन्न पसलहरुबाट म्याद गुज्रीएका समानहरु जफत गरिएको हो ।
बजार अनुगमनको क्रममा म्याद नाघेका केहि अखाद्य बस्तु नष्ट गर्नुका साथै दर्ता नभएका पसलहरु केहि दिन भित्रै दर्ता गर्न अनुरोध गरेको छ ।कोरोना भाईरसको बेला गरिएको निषेधाज्ञाको अवस्थामा कृत्रीम अभाव सृजना हुन नदिन र कालो बजारीलाई नियन्त्रण गर्नका लागी बाजुरा जिल्लाका प्रमुख बजारहरुलाई अनुगमनमा तिब्रता दिएको घरेलु तथा साना उद्योग विकास कार्यालयका बाजुराका कार्यलय प्रमुख मान बहादुर चाडले बताएका छन् ।
बजार अनुगमनका क्रममा केहि व्यापािरिहरुले मुल्य सुचि नराखेका र खरिदबिक्री सामानहरु जथाभावि राखिएको भेटिएकोले यसलाई तत्काल सुधार गर्नुका साथै कुनै पनि माल सामान खरिद बिक्री गर्दा ब्यापारि तथा ग्रहाकले म्याद हेरेर खरिद बिक्री गर्न पनि आग्रह गरेका छन ।
बजार अनुगमनमा म्याद नाघेका ६५ प्याकेट सुजि , ८ प्याकेट विस्कुट , ११ बोतल स्स , ५ प्याकेट सुर्ति, ११ प्याककेट चिउरा, ३ प्याकेट भुजा जस्ता अखाद्य बस्तुहरु नष्ट गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास कार्यालयका कार्यलय प्रमुख मान बहादुर चाड जिल्ला प्रशासन कार्यलय राम कुमार चौधरी ,पत्रकार महासंघका अध्यक्ष छक्क बहादुर मल्ल , बुढिगंगा नगरपालिकाका उप–प्रमुख तारा खाति , घरेलुका पदम बहादुर ऐर, मान बहादुर रावल, दिप सिँह भण्डारी, प्रेम बहादुर थापा, पदम नाथ, हेमन्त बहादुर खड्का लगायतको रोहभरमा उक्त एक लाख बराबरको सामनहरु नष्ट गएिको हो ।