युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
कर्णालीकी कोइली– इब्सल सञ्जाल | उपनिर्वाचनले बाजुरामा स्वच्छता, शान्त र निश्पक्षताको सन्देश दिएको एमाले बाजुरा धारणा | नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् |
177 पटक पढिएको

१० बुँदे घोषणा पत्र सहित पत्रकार महिलाको प्रदेश भेला सकियो

धनगढी –सुदूरपश्चिमको डडेल्धुरामा आयोजित पत्रकार महिलाहरुको प्रदेश भेला बुधबार सम्पन्न भएको छ। पत्रकार महिलाहरुको क्षमता विकासको उद्देश्यका साथ आयोजना गरिएको उक्त भेला १० बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो। भेलाले पत्रकार महिलाको भौतिक तथा पेशागत सुरक्षा, नियमानुसारको पारिश्रमिक उपलब्धता, पेशागत स्थायित्व, दक्षता अभिवृद्धिका लागि आवश्यकता अनुरुप विषयगत तालिम सञ्चालन, सम्पूर्ण सञ्चार गृहमा पत्रकार नियुक्ति र पदोन्नतीमा समावेशी नीति अपनाउनुपर्ने माग घोषणा पत्रमा राखेको छ।

नीतिगत र नेतृत्व तहमा पत्रकार महिलाको सहभागिता सुनिश्चित गर्न सञ्चार सम्बद्व विभिन्न निकायमा हुने नियुक्तिमा पत्रकार महिलाको समान सहभागितालाई सुनिश्चित गर्न तीन वटै तहको सरकारसँग माग गरिएको छ। यसैगरी आमसञ्चार नीति र श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन गर्नुका साथै सञ्चार सम्बन्धी प्रदेश र स्थानीय कानुनहरु अविलम्व निर्माण गरी लागु गर्न, त्यस्ता कानुनमा पत्रकार महिलालाई विशेष व्यवस्थाको नीति अवलम्वन गर्न, केन्द्र, प्रदेश र स्थानीयस्तरमा महिलाद्वारा सञ्चालित छापा तथा विद्युतीय माध्यमको स्थायित्वका लागि संरक्षण, संवद्र्धन र प्रोत्साहन गर्न प्रदेश र स्थानीय सरकार समक्ष आवश्यक नीतिगत व्यवस्था गर्न, सबै सञ्चार माध्यमले त्यहाँ कार्यरत पत्रकारहरुलाई नियुक्ति पत्र अनिवार्य दिन र आन्तरिक लैंगिक नीति बनाएर कार्यान्वयन गर्न घोषणा पत्रमार्फत माग गरिएको छ।

त्यस्तै, नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रेस काउन्सिलले उपलब्ध गराउँदै आएको पत्रकार उपचार सहायता र सञ्चार उपकरण खरीद रकम उपलब्ध गराउने विद्यमान व्यवस्थामा पुनरावलोकन गरी पत्रकार महिलाहरुलाई विशेष प्राथमिकता प्रदान गर्नुका साथै बिमा व्यवस्था, पत्रकार महिलाका लागि फेलोसिपका कार्यक्रम, अध्ययन छात्रवृतिमा प्राथमिकता प्रदान गर्न र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनाहरुको कानुनसम्मत तवरले सशक्त प्रतिरोध गर्नुका साथै महिला अधिकार हननका घटनामा प्रदेश र स्थानीय निकायमा गुनासो सुन्ने संयन्त्रको स्थापना गरी कार्यान्वयनमा लैजाने व्यवस्था गर्न भेलाबाट जारी गरिएको घोषण पत्रमार्फत माग गरिएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्य, क्रियाशील पत्रकार महिला ९डब्लूडब्लूजे०को समन्वय र नेपाल पत्रकार महासंघ डडेल्धुराको आतिथ्यता तथा व्यवस्थापन सहयोगमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले डडेल्धुरमा दुई दिने ९८ र ९ गते० भेला सम्पन्न गरेको हो। भेलामा नौ वटै जिल्लामा कार्यरत सय बढी महिला पत्रकारहरुको सहभागिता रहेको थियो।

भेलका सहभागी महिला पत्रकारहरुले श्रमअनुसार पारिश्रमिक नपाइरहेकै कारण पत्रकारिता पेशामा महिलाहरु टिक्न नसक्ने गरेको गुनासो गरेका थिए। आफ्ना पेशागत समस्याहरु राख्ने क्रममा उनीहरुले आफू कार्यरत मिडिया हाउसमा महिला र पुरुष पत्रकारको पारिश्रमिकमा असमानता रहेको बताउँदै एउटै पेशामा रहेको सो असमानता हटाउनुपर्ने माग गरेका थिए। आफूहरुले गरिरहेको पेशाबाट सहजै जीविकोपार्जन गर्न सकिने गरी नीति नियम निर्माण गरी लागु गर्नसके कोही पनि पत्रकार महिलाले आफ्नो पेशाबाट पलायन हुर्नुपर्ने अवस्था नआउने उनीहरुको तर्क थियो।

किनारा न्युजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!