बाजुरा- जिल्लाको बुढिगंगा नगरपालिका वडा नम्बर २ मा रहेको अनाथलय कनसन बाजुराका १७ जना बालबालिकालाई सामाजिक अभियान्ता एवम नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि रिता शाहीको पहलमा नगद सहित रु २२ वरावरको खाद्यान्न सामाग्री सहयोग गरिएको छ । सुक्रवार एक औपचारिक कार्यक्रमका बिच नेपाली कांग्रेस बाजुरा कि महाअधिवेन प्रतिनिधि तथा समाजिक अभियान्ता रीता शाहिको पहलमा नगद सहित रु २२ वरावरको खाद्यान्न सामाग्री सहयोग गरिएको हो । आज सो अनाथलयमै पुगेर सहयोग हस्तान्तरण गरिएको अभियान्ता शाहीले जानकारी दिएकी छन् । आफ्नो पहलमा बिदेशमा बस्ने बिभिन्न सहयागि दाताहरुबाट आर्थिक सहयोग संकलन गरी सहयोेग गरिएको उनले बताएकी छन् ।
शाहीले सामाजि संजालमा लेखेकी छन् एक महिनालाइ भए पनि खान पुगोस भन्य उदेश्यले कतारमा बस्दै आउनु भएको समाजसेवि दिदी Rose Thapa र uk (लन्डन ) बस्नु हुने समाजसेवी दाइ Lakh Najung Tamang को आर्थिक सहयोगमा कन्सनमा पुगेर चार बोरा चामल ,पाच किलो नुन ,ग्यास सिलेन्डर ,चिउरा बिस्कुट ,तेल चिनि,पानी थाप्ने डरम लगायत भाइ बहिनीलाई भोलि दशैको दिनमा खान होस भनेर पाच हजार नगद सहित द्दद्द हजार बराबरको नगद र सामाग्री हस्तान्तरण गरेकि छु! यस अघि पनि अभियान्ता शाहीले बिभिन्न ठाँउहरुमा सहयोग गर्दै आइरहेकी छन् । साहित्यकार समाजसेवी र नेपाली काङ्ग्रेसकि महाधिवेशन प्रतिनिधि समेत रहीकी नेतृ शाही पछिल्लो समयमा राजनीतिमा लागे देखि अझ सक्रिय देखीएकी छन् ।निरन्तर समाजसेवा तलिन शाहीको सामाज प्रतीको लगाव थप बढेको देखिन्छ ।शाही बाजुरा जिल्लाका दुर दराजमा रहेका खान लाउन नपाएका दुखी पीडितको घरदैलोमा पुग्ने गरेकी छन् । खान लाउन, र उपचारको अभावमा दिन गुजारीरहेका बाजुरेली बासिहरुको दुखेका घाउहरुमा मलम पट्टि लगाउन शाही निरन्तर सक्रिय छिन् ।
कतिपय अनाथ टुहुरा अपांग, बिदुवा, अशक्त बेसाहारा बर्गहरुको साहारा बन्दै आएकी छन् । जसको जति धेरै प्रसंसा गरेपनि पुग्दैन । बाजुरेली जनताको मन मुटुमा बस्न सफल शाहीको राजनीति संग संगैको समाजसेवाले सवै राजनीतिज्ञ हरुले वास्तमा नेतृत्व गरिसकेपछि जनताको सेवक बन्न सक्नुपर्छ भन्ने कुरा स्मरण गराएको पाइन्छ । पछिल्लो समयमा जतिसुकै राजनीति गर्ने ब्यक्तिहरु भएतापनो नेतृ शाहीको जस्तै मनकारी भावना भने जोकोहीमा भेटिदैन । शाही मानवतावादी चिन्तन र बिकास वादी चिन्तन भएकी नेतृका नामले परिचीत छीन ,।शाहीले जिल्ला भित्रका दुखी पीडितको सेवामा मात्र समर्पित छैनन् । जुनसुकै ठाउँको दुखी पीडित होस सवैलाई समान ठान्छिन। र जिल्ला बाहिरका पनि थुप्रै दुखी पीडितहरुको दुखेका घाउहरुमा मलम लागाइसकेकी छन् । बाजुरामा राजनीतिमा तलिम राजनीतिज्ञहरुका लागि शाही एक उद्घारणीय नेतृका रुपमा लिने गरिन्छ । अझै निरन्तर समाज सेवा गरिरहने शाहीको धोको छ । दुखी पीडितहरुको सेवा गर्न पाउनु आफ्नो ठूलो अवसर पाएको अनुभुती हुने गरेको शाहीले बताइन् ।आगामी दिनहरूमा पनि सदा जनताको सेवामा नै समर्पित हुने शाहीको भनाई रहेको छ । जो एकछाक खान लाउन नपाएका हरुका लागी उनी आहारा ,बिरामी भएर अस्पतालको बेडमा छ्ट्पटाई रहेका बिरामी हरुका लागी औषधि, बेसाहाराहरुका लागि साहारा बन्दै आइरहेकी छन । जसले बाजुरा जिल्लाका गरिव बिपन्न बर्गका बालबालिका ,महिला, अपांग असाहे उत्पीडितहरुका घाउहरुमा मलम पट्टी लाउन सफल समाजसेवीका नामले परिचित छिन् । , अभियान्ता शाही साहारा बिहिनका लागि साहारा मात्र बनेकी छैनन् मृत्युको मुखमा पुगेकाहरुलाई नयाँ जीवन दिन सफल सफल भएकी छन । ।जसको नामै काफी छ जो बाजुरेली जनताको मन मुटुमा छन।