बाजुरा–जिल्लाको जगन्नाथ गाउँपालिका वडा न . ६ साविकको गोत्री गाविस मल्लोकाप्री स्थायी घर भएका साहित्यकार जस रावल जिज्ञासुको आफ्नो जन्मदिनको अवसरमा बसन्त नामक मुक्तक संग्रह बिमोचन गरिएको छ । मंगलवार सुदुर पश्चिम् बिश्व बिद्यालय बाजुरा क्याम्पसमा आफू २१ औँ बसन्त पार गरि २२ औँ बसन्तमा लागेको अवसरमा मुक्तक संग्रह बिमोचन गरिएको हो । लामो समय देखि साहित्यमा निरन्तर कलम चलाउदै आएका रावलले पहिलो कीर्तिका रुपमा बसन्त मुक्तक संग्रह बिमोचन गराएका हुन् ।
साहित्यका सवै बिधाहरुमा कलम चलाउदै आएका रावल जिल्लामा मुक्तक संग्रह बिमोचन गराउने मध्यको दोश्रो साहित्यकार बनेका छन् । यस अघि साहित्यकार सुरेन्द्र शाहीले पहिलो पटक परतन्त्र नामक मुक्तक संग्रह जिल्लामा बिमोचन गराएका थिए । साहित्यकार रावलले यस अघि भने कुनै पनि प्रकारका किर्तिहरु भने बजारमा ल्याउन पाएका थिएनन् । उनले आफ्नो पहिलो किर्तिका रुपमा बसन्त नामक मुक्तक संग्रह बिमोचन गराएका छन् । अवका दिनहहरुमा एकपछि अर्को गरि किर्तिहरु प्रकाशन गर्ने तयारीमा रहेको पनि रावलले बताए ।
रावलले यस अघि किर्तिहरु प्रकाशन नगरेतापनी उनका साहित्यिक रचनाहरु अनलाइन मिडिया तथा पत्र पत्रीकामा भने छ्याप छ्यापी प्रकाशन भैसकेका छन् । उक्त बसन्त नामक मुक्तक संग्रहको प्रकाशन साहित्यका सुरेन्द्र शाही गुलाफ कान्छोले गरेका छन् ।बसन्त मुक्तक संग्रहका प्रकाशक एवम साहित्यकार सुरेन्द्र शाही सुरेन्द्र शाही गुलाफ कान्छोका अनुसार मुक्तक संग्रह मार्फत लेखकले आफ्नो जिन्दगीको भोगाइलाई मात्र नभई समाजका अन्य जनसमुदायले भोग्दै आइरहेको अथार्त अनि वास्तविक घटनाहरुलाई मुक्तक मार्फत प्रस्तुत गर्न खोजिएको बताए ।
साथै लेखकले समाजमा रहेको अन्धबिश्वास कुरुती कुसंस्कार ,भ्रष्टाचार, अनियमितताका बिरुद्ध चर्को बिरोध गर्दै समाजलाई सहि मार्ग दिसा तर्फ लैजानु पर्ने महत्त्वपूर्ण भाव बोकेका मुक्तकहरु पनि प्रस्तुत गरिएका छन् । लेखक रावलले प्रेम सम्बन्धलाई मुक्तक संग्रहमा बडो शालीन ढंगले प्रस्तुत गरेका छन् । यस्तै नेपालको आर्थिक सामाजिक अनि राजनैतिक व्यवस्था बढ्ढो भ्रष्टाचारका कारण आमजनतामा बढ्ढै गएको नैराश्यतालाई पनि मुक्तक संग्रहमा प्रस्तुत गरिएको छ । अन्धकारयुक्त समाजमा चेतनाको दियो बाल्ने र सभ्य र सुसस्कृत समाज निर्माणको परिकल्पनालाई मुक्तक संग्रहबाटै गरिएको पनि शाहीले बताए । लेखकले प्राचीन समाजलाई आधुनिकता तर्फ धकेल्ने प्रयत्न गरेका छन् । यति मात्र होइन लेखकले आफू जन्मएको माटोलाई पनि उत्तिकै माया गरेका छन् । आफ्नो मुक्तक संग्रह मार्फत बाजुराली भाषाको पनि संरक्षण र जगेर्ना गर्न भुमिका खेलेका छन् । लेखकले साइनो बाट साहित्यिक यात्रा सुभारम्व गरेका थिए । एक्कासि उनले मुक्तक संग्रह बजारमा ल्याउनु सामान्य कुरा नरहेको प्रकाशक एवम साहित्यकार सुरेन्द्र शाही गुलाव कान्छोको भनाई छ ।यो मुक्तक संग्रहले साहित्य क्षत्रको योगदानमा थप टेवा पुग्ने बिश्वास प्रकाशक एवम शाहित्यकार शाहीको छ ।
औपचारिक कार्यक्रमका बिच बाजुरा क्याम्पको सभाहलमा गरिएको बसन्त मुक्तक संग्रह बिमोचन कार्यक्रम क्याम्पसका प्रमुख सुरेश पण्डितको अध्यक्षतामा सम्पन्न भएको हो । क्याम्पस प्रमुख पण्डितको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिती ,श्री मालिका नमुना मा. बि का प्रधानाध्यापक शुभराज पाध्याय रहनु भएको थियो । त्यस्तै कार्यक्रममा अथिती साहित्यकार एवम् बसन्त मुक्तक संग्रहका प्रकाशक सुरेन्द्र शाही गुलाव कान्छो , प्रेस चौटारी सुदुर पश्चिम् प्रदेश अध्यक्ष एवम् सुदृर साहित्य प्रतिष्ठानका सचीव कृष्ण ओली, बाजुरा क्याम्पसका उपप्राध्यापक रुपक रौले, काशी जैशी, धन बहादुर बुढा , बिष्णु रावल बडिमालिका नगरपालिका शिक्षा शाखा प्रमुख राम बहादुर कटुवाल सुदुर साहित्य प्रतिस्ठानकी उपाध्यक्ष प्रमिला थापा, रहनु भएको थियो । कार्यक्रममा बाजुरा क्याम्पसमा अध्यनरत विद्यार्थी लगायत जिल्ला स्थित साहित्य प्रेमी सर्जकहरु , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
मुक्तक संग्रह बिमोचन कार्यक्रममा नयाँ सर्जकहरुले आफ्ना रचना बाचन समेत गरेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती तथा मालिका नमुना मा . बि का प्राचार्य शुभराज पाध्यायले लेखक रावललाई जन्मदिनको शुभकामना दिनुका साथै बधाई समेत दिए । प्राचार्य पाध्यायले संयोगले लेखकको जन्म पनि बसन्तमा नै भएको र मुक्तक संग्रह पनि बसन्त नामक नै प्रकाशन गरेको भन्दै खुसी व्यक्त गरे साथै उनले लेखकलाई साहित्यमा थप कलम चलाउन सुझाव समेत दिए । साथै उनले मुक्तक संग्रहले समाज रुपान्तरणमा टेवा पुर्याउने भन्दै लेखकलाई सफल्ताको शुभकामना समेत दिए । पछिल्लो समयमा साहित्य प्रतिको रुचि नयाँ साहित्यिक सर्जकहरुमा बढ्दै गएको आफुले महसुस गरको बताउदै बाजुराको साहित्यमा थप इटाहरु थपिदै गएको उनले बताए । मुक्तक संग्रह बिमोचन कार्यक्रम संगै लेखकले बाजुरा क्याम्पसमा बृक्षरोपण समेत गरेका छन् ।