युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
142 पटक पढिएको

बाजुरा – जिल्लाको पार्टी नेतृत्वले टिकट बितरणमा चरम गुटबन्दी गरेको भन्दै जिल्लाका नगर तथा गाउँपालिकामा देउवा पक्षधर नेताहरूले असन्तुष्टि जनाएका थिए । पालिकामा वडा तह देखि पालिका सम्म जिल्लाको पार्टी नेतृत्वले आफ्नो गुटको मान्छेलाई मात्र टिकट दिएको आरोप देउवा पक्षधर नेताहरूको छ ।पार्टीमा लामो त्याग तपस्या र योगदान गरेका र कांग्रेसमै जीवन बेतित गरेका व्यक्तिलाई पाखा लगाएर गुटबन्दी गरेर भरखरै राजनीतिमा लागेका व्यक्तिलाई टिकट दिएको आरोपमा नेताहरूले आपत्ति जनाएका थिए । स्थानीय निर्वाचनको मुखैमा पार्टी भित्रै असन्तुष्ट पक्ष देखिएपछि अव पार्टी दुर्घटनामा पर्ने स्थित सिर्जना भएको छ । गुटउपगुटको राजनिति गरेर कांग्रेस कमजोर बनामउने खेल गरेको आरोप कांग्रेस नेताहरुको छ । यतिवेला जिल्लामा कतै देउवा पक्ष त कतै रामचन्द्र सिटोला पक्ष असन्तुष्ट देखिएको छ । प्राय जसो अभिकांस पालिकामा देउवा पक्ष बढी असन्तुष्ट देखिएको छ । टिकट बितरण पश्चात असन्तुष्ट देखिएता पनि पार्टी भित्रको सामान्य तिक्ततालाई सामना गरेर असन्तुष्ट पक्षलाईमिलाएर लैजाने प्रयासमा नेताहरु जुटेका छन् । पार्टी भित्र असन्तुष्टी जनाउनु स्वभाविक हो तर चुनावसम्म भने कांग्रेस एकिबद्ध भएर अगाडी बढ्नुपर्ने अधिकांस नेताहरु बताउदै आएका छन् ।

टिकट बितरणमा चरम गुटबन्दी गरेको र पार्टीले अन्याय गरेको आरोप सहित अधिकांस नेताहरुले बागी उम्मेदवारी समेत दर्ता गराएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको छ । तर बाजुरामा भने स्वतन्त्र उम्मेदवार दिएकाहरु फिर्ता नलिने अडानमा छन् । जिल्ला नेतृत्वले गरेको अन्यायका बिरुद्ध स्वतन्त्र उम्मेदवार दिएको हुदा फिर्ता नलिने नेताहरुले बताउदै आएका छन् । यदि यो परिस्थितिमा पार्टीले हार वेहोर्नुपर्ने अवस्था सिर्जना भएमा त्यसको जवाफदेही जिल्लाको नेतृत्व नै रहनुपर्ने जिल्लाको खप्तड छेडेदह गाँउपालिका वडा न. ५ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार दिएका नेता हर्क रावतले बताएका छन्। यतिवेला स्वतन्त्र उम्मेदवार दिएकाहरुलाई मनाउन काँग्रेस नेताहरुलाई सकस परेको छ । जिल्ला नेतृत्व र प्रदेशबाट आफू अनुकुल व्यक्तिलाई टिकट दिएपछि बागी उम्मेदवारी दिएका असन्तुष्ट नेताहरुलाई मनाउन सकस देखिएको हो । निर्वाचन आयोगले उम्मेदवारी फिर्ता लिन बैशाख १६ गते सम्मका म्याद दिएको छ । १६ गतेभित्र उम्मेदवारी फिर्ता नलिए उम्मेदवारीकै मान्यता हुने छ । आफू बीचमै लडाइ हुँदा जित्न समस्या हुने र विरासत नै गुम्ने चिन्तामा काँग्रेस नेताहरु देखिएका छन् ।

बाजुरामा नगर प्रमुख देखि वडा अध्यक्ष सदस्यमा पनि बागी उम्मेदवारी परेको छ । सस्थापन देउवा र शेखर सिटौला समूह बीचका नेताहरुको आपसी द्धन्द्धकै कारण टिकट वितरणमा मनोमानी देखिएको छ । प्रदेशले निर्णय गर्ने अधिकार पाएको चार नगरपालिकामा देउवा पक्षका नेताहरुले टिकट पाएका छन् । भने जिल्ला समितिले वितरण गर्ने पाँच गाउँपालिका र ६९ वटा वडामा पार्टी सभापति रामसिंह रावल पक्षधरले एकलौटीको गरेको देउवा पक्षधर नेताहरुको आरोप छ । टिकट वितरणमै असन्तुष्टी भएपछि बडीमालिका १ को अध्यक्षमा कृष्ण कार्कीले काँग्रेसकै तर्फबाट बागी उम्मेदवारी दिएका छन् । बुढीगंगा नगरपालिका १० मा पनि वडा अध्यक्षमा बागी उम्मेदवारी परेको छ । यस्तै खप्तड छेडेदह गाउँपालिकामा ४ र ५ का वर्तमान अध्यक्षद्धयले नै बागी उम्मेदवारी दर्ता गराएका छन् ।४ नम्बरका अध्यक्ष हर्क रावतले पार्टीको पालिका सभापतिबाट समेत राजिनामा दिएर वडामा पाचै जनाको स्वतन्त्र उम्मेदवारी दिएका छन् । बुढीनन्दा नगरपालिकामा मेयरका उम्मेदवार रामबहादुर बोहराले काँग्रेस त्यागेर एमालेको समर्थनमा उपप्रमुखको उम्मेदवारी दिएका छन् । बुढीनन्दा १ नम्बर वडामा पनि काँग्रेसकै वडा अध्यक्षको विरुद्धमा वर्तमान अध्यक्ष नृप खत्रीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हिमाली गाउँपालिका पनि १ जनाले वडा अध्यक्षमा बागी दिएका छन् । भने स्वामिकात्र्तिक खापर गाउँपालिकामा १ जना वडा अध्यक्ष र २ जना पालिका उपाध्यक्षले काँग्रेसबाटै बागी उम्मेदवारी दिएका छन् । जगन्नाथ गाउँपालिकामा एक जनाले उपाध्यक्षमा बागी दिएपनि काँग्रेस माओवादी र समाजवादी मिल्ने भएकोले फिर्ता गराउन सहज देखिएको छ । त्रिवेणी नगरपालिकामा नगर प्रमुख कर्णबहादुर थापाको विरुद्धमा पूर्व पार्टी सचिव रनसिंह अयडीले बागी उम्मेदवारी दिएका छन् । भने रिता गिरीले पनि उपप्रमुखमा बागी उम्मेदवारी दर्ता गराएकी छन् ।काँग्रेसका नेताहरु यतिबेला बागी उम्मेदवारी फिर्ता गराउने रणनीतिमा लागेका छन् । उम्मेदवार भेट्ने र मनाउने अभ्यास जारी देखिएपनि सकस पूर्ण हुने देखिएको छ । पार्टीबाट अन्यायपूर्ण ढंगबाट टिकट वितरण गरिएको विरोधमा उम्मेदवारी भएकोले उम्मेदवारी फिर्ता लिन तयार नेताहरु छैनन् । अहिलेसम्म कुनै उम्मेदवारले पनि फिर्ता लिन मानेका छैनन् । नेताहरु पटक पटक छलफलमा बसीरहेका भएपनि उम्मेदवारले आफूहरुका विरुद्धमा बल प्रयोग गर्नेलाई हराएर प्रतिसोध फेर्ने रणनीतिमा बागी उम्मेदवार देखिएका छन् । केहीले फिर्ता लिएपनि अधिकांशले उम्मेदवारकै भूमिका चुनाव लड्ने देखिएको छ । जसको प्रतक्ष फाइदा भने नेकपा एमालेलाई हुनसक्ने अनुमान गरिएको छ । टिकट बितरणमा एउटा पक्ष असन्तुष्ट देखिएतापनि चुनाव सम्म सिङ्गो कांग्रेस एकिबद्ध भएर जाने बिश्वास कांग्रेस बाजुराको छ । टिकट बितरण पश्चात असन्तुष्ट पक्षलाई मिलाएर लैजाने प्रयास भइरहेको कांग्रेस बाजुराले जनाएको छ ।

बाहिर जे जस्तो अपवाह हहोल्ला फैलाएतापनि तर जिल्लामा कांग्रेस एक ठाँउमा नै रहेको चुनाव सम्म मिलेर एक ठाँउमा उभिने कांग्रेस नेताहरुले बताएका छन् । निर्वाचन नजिकिदै गर्दा २०७४ सालको स्थानिय निर्वाचनमा जिल्लाका ६ वटा स्थानिय निर्वाचन जितेको कांग्रेसले आसन्न बैशाख ३० मा हुने स्थानिय निर्वाचनमा जिल्लाका ९ वटै स्थानिय तहमा निर्वाचन जित्ने अठोटका साथ चुनाव केन्द्रित भएको थियो । तर टिकट बितरण पश्चात भने कांग्रस बाजुरा भित्र हलचल भएकोे छ । कांग्रेसले साचे जस्तो नतिजा अव हासिल गर्न नसक्ने आसंका पैदा हुन भने थालेको छ । यो बिषयमा संचारकर्मिले बामजुरामा टिकट बितरणमा चरम गुटबन्दि गरेको भन्दै जिल्लामा बलियो रहेको देउवा पक्ष असन्तुष्ट छ। यतिवेला स्थानीय निर्वाचनको मुखैमा पार्टी भित्रै असन्तुष्ट पक्ष देखिएपछि अव पार्टी दुर्घटनामा पर्ने स्थित सिर्जना भएको छ । जसको आरोप सवै तपाइलाई लागेको छ । अव बाजुरामा कांग्रेस कसरी चुनाव जित्छ ? कसरी अगाडि बढ्छ ? भनेर सोधेको प्रश्नको जवाफ दिदै कांग्रेस जिल्ला कार्य समिति सभापति रामसिंह रावललाई सोध्दा कांग्रस जिल्लामा पार्टीलाई जिताउनका लागि सवै एकिबद्ध भैई सिङ्गो कांग्रेस भएर चुनाव केन्द्रित हुने बताउनुभयो । फेरी पनि सिङ्गो कांग्रेस एक भएर बलियो कांग्रेस एकताबद्ध कांग्रेस सदृढ कांग्र बनाउने सन्कल्पका साथ अगाडी बढ्ने र जिल्लामा कांग्रस बलियो बन्ने कुरामा बिश्वस्त रहन आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!