बाजुरा – जिल्लाको आगोले जलेकि बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर १० तिमाडा बस्ने २३ बर्षकि लोकशरी कुवर अछामको बयालपाटा अस्पतामा आर्थिक अभाव छट्पटाइरहेकी छन । आगोले जलेर घाइते भएकी उनी ८ दिने देखो उपचारको अभावमा अस्छपतालकै बेडमै थला परिरहेकी छन् । गत जेठ ३ गते घरमै आगाले लोकशरी जलेकी थिइन् । आगोले जलेकी कुवरलाई आफन्तले उपचारका लागि अछामको बयालपाटा अस्पतालमा पुयाएका थिए । उपचारका लागि बयलपाटा अस्पताल पुर्याएकी कुवरको त्यहाँ उपचार सम्भब नभएको भन्दै रिफर गरेको भएपनि बाहिर लिएर उपचार गर्न आर्थिक अभाव भएपछि ८ दिन देखि पैसा नहुदा अस्पतालकै बेडमै थन्किएकि छन् ।
अस्पतालका अनुसार लोकशरीको २२ प्रतिशत भाग जलेको बताइएको छ । उपचार गर्नका लागि आर्थिक अभाव भएपछि अस्पतालकै बेडमा छट्पटाइरहेको आफन्तले बताएका छन् । अस्पतालले काठमाडौं रिफर गरेको तर नहुदा काठमाडौ लिनका लागि आर्थिक अभाव भएपछि काठमाडौ लिन नसकिएको लोकशरीका श्रीमान एकेन्द्र कुवरले वतएका छन् । उनले भने यहाँ पुयाउन त पैसा थिएन् । काठमाडौ पुयाउन त झनै कसरी पुर्याउनु । काठमाडौ सम्म एम्बुलेन्श भाडा मात्र ६० हजार माथि लाग्छ । उपचार त परैको कुरा छ त्यहाँ सम्म पुर्याउनका लागि पनि पैसाको समस्या छ । एम्बुलेन्स भाडा तिर्ने पैसा पनि नहुदा ८ दिन भैसकेको छ अस्पतालको बेडमै छ खै कसरी कहाँबाट उपचार गर्ने होला उनले दुखेसो पोखेका छन् । उनका अनुसार धनगढी नेपालगन्जमा पनि उपचार पनि सम्भव नहुने भन्दै काठमाडौ रिफर गरेको हो । साथै श्रीमतीको उपचारकलागी सवैले सक्दो सहयोग गरिदिन हुन पनि उनले आग्रह गरेका छन् । तपाइँहरुको सानो सहयोगले कसैको ज्यान जोगिन्छ भने सक्दो सहयोग गर्न लोकतन्त्र बिहानी न्यूज परिवार पनि हार्दिक अनुरोध गर्दछौं ।