युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
553 पटक पढिएको

मुगुः कर्णाली प्रदेशकै मुख्य पर्यटकीयस्थल मुगुको रारा तालदेखि खत्याड गाउँपालिकाको बाउपानीसम्मको भूभाग रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दा खत्याड गाउँपालिका र मुगु सदरमुकाम अझै सडक सञ्जालमा जोडिन सकेको छैन ।

खत्याड गाउँपालिकामा रहेका ११ वडाकै बासिन्दा अहिले पनि ६ घन्टादेखि ३ दिनसम्म पैदल हिँडेर सदरमुकाम गमगढी पुग्ने गर्छन् ।

‘रारा राष्ट्रिय निकुञ्जले खत्याड गाउँपालिकालाई सदरमुकाम गमगढीसँग सडक सञ्जालमा जोडिन नदिने भयो’, खत्याड–२ गाँडेखोला गाउँका ५८ वर्षीय धनलाल टमटा दुखेसो सुनाउँछन्, ‘यही बाटो हिडेर सदरमुकाम आउजाउ गर्दै आएको छु ।’

व्यवस्था फेरियो, नेता फेरिए, जनप्रतिनिधि छानिएको ५ वर्ष बितेर फेरि नयाँ जनप्रतिनिधि फेरिए, तर खत्याडी जनताको दुःख फेरिन नसकेको उनी बताउँछन् ।

‘२ दिनको पैदल हिँडेर छोराको नागरिकता बनाउन आएको तर वडाबाट ल्याएको सिफारिस नमिल्दा, फेरि फर्केर नयाँ कागज बनाउनु परेको दुःख सुनाउछन्, खत्याड गाउपालिका— ९ का बल भण्डारी । ‘जति सरकार फेरिए पनि जस्तो व्यवस्था फेरिए पनि हाम्रा पैदल हिड्नु पर्ने दुःख कहिले नफेरिने भयो’, उनी बताउँछन् ।

गाउँबाट सदरमुकाम एक पटक आउजाउ गर्दा होटेलमै बस्दा, खाँदा एक जनाको कम्तीमा ५ हजार खर्च हुने गर्दछ ।

खत्याडबाट जुम्लाको गोठीजिउँला र त्यहाँदेखि मुगु सदरमुकाम सडक सञ्जालमा जोडिए पनि यो बाटो उल्टो र असहज छ । यो सडकमा पनि नियमित गाडी चल्दैनन् । हिँडेर यात्रा गर्नु र यो सडकबाट यात्रा गर्नु उस्तै पर्छ ।

खत्याड गाउँपालिका र सदरमुकाम गमगढीलाई सिधै सडक सञ्जालमा जोड्न सके र सवारी साधनलाई नियमित चलाए खत्याड गाउँपालिकादेखि सदरमुकाम पुग्न २ देखि ३ घण्टामा लाग्ने खत्याड– ९ का विकास भण्डारी बताउँछन् ।

निकुञ्ज बन्यो मुख्य तगारो

रारा राष्ट्रिय निकुञ्जका कारण रारा खप्तड पर्यटकीय मार्गसमेत ओझेलमा परेको खत्याडका बासिन्दा आरोप छ ।

खत्याडलाई सदरमुकामसित सडक सञ्जालमा जोड्न नदिने निकुञ्जनै मुख्य तगारो बनेको खत्याड गाउपालिका– ८ का पंकज रावत बताउछन् ।

पर्यटकीय स्थल रारा ताल संरक्षणका लागि २०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको स्थापना गरिएको थियो । रारा ताल वरपर रहेका रारा छार्पुका ४ सय घर परिवारलाई बाँकेको गाभर चिसापानीमा सारिएको थियो ।

रारा ताल नेपालकै पर्यटकीय स्थल र कर्णालीकै मुख्य पर्यटकीय स्थल मानिन्छ । तर यसको लाभ स्थानीयबासिन्दाले पाउन सकेका छैनन् ।

कर्णाली करिडोर सडकलाई मुगुमा जोड्न खत्याड गाउँपालिका–८ सुकाढीक झुगलास्थित कर्णाली नदीमा बेलिब्रिज निर्माण गर्नसके खप्तडदेखि रारा आउने पर्यटकलाई सजिलो हुने थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!