बाजुरा- जिल्लाको हिमाली गाउँपालिकामा जनप्रतिनिधि र सरोकारवाहरुलाई वहुक्षेत्रीय पोषण योजनाको अभिमुखिकरण कार्यक्रम सम्पन्न
हिमाली गाउँपालिकाको आयोजनामा र बहुक्षेत्रीय पोषण योजना प्रदेश निति तथा योजना आयोग सुदुरपश्चिम प्रदेशको समन्वयमा कार्यक्रम भएको छ। निर्वाचित जनप्रतिनिधि र सरोकारवालाहरु लाई वहुक्षेत्रीय पोषण योजनाको अभिमुखिकरण कार्यक्रम गरिएको छ।
पालिका स्तरीय पोषण तथा स्वास्थ सुरक्षा निर्देशक समितिका अध्यक्ष तथा हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सञ्चालन गरिएको छ। हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बहुक्षेत्रीय पोषण योजना प्रदेश संयोजक ज्ञानेन्द्र दवाडी रहनु भएको छ।
गाउँपालिका नव निर्वाचित सातै वडाका वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा पालिकाका शाखा प्रमुख कर्मचारीहरु को सहभागिता स्थानीय तहमा पोषण योजना सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको हिमाली गाउँपालिका नि. प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनु भएको छ।
वहुक्षेत्रीय पोषण योजना कार्यनयन संरचनाको जिम्मेवारी कसरी गर्ने भन्ने हो। पोषण कार्यक्रम लछित वर्गमा छनोट संगै पहिलो प्राथमिकता दिने विषयमा छलफल गरिएको छ।कुपोषण न्यूनीकरण गर्ने खानेपानी सरसफाइ सम्बन्धि देखी बढी ध्यानाकषिर्त अवस्था रहेको छ। पोषण लाई सुधारमा ल्याउन शिक्षा स्वास्थ कृषि क्षेत्रमा बढी जोड दिनुपर्ने अवस्था रहेको अभिमुखिकरण कार्यक्रम प्रशिक्षक बहुक्षेत्रीय पोषण योजना प्रदेश संयोजक ज्ञानेन्द्र दवाडीले बताउनु भएको छ।
पोषण अहिले अधिकांस क्षेत्रमा बालबालिका बढी मात्र देखिन्छ। बाजुरा जिल्ला भित्र पनि हिमाली गाउँपाAaलिका पनि कुपोषण बालबालिका भएका छन । हामीले पोषण सम्बन्धि विभिन्न कार्यक्रम तथा अभियान गरेका छौ। अहिले कुपोषण हटाउन पालिका बाट बजेट व्यवस्थापन पनि निश्चित रूपमा छुट्याइएको छ। कुपोषण मुक्त पालिका बनाउन लक्ष्यित पार्ने लागी परेको छौ।
कुपोषण बालबालिका न्यूनीकरण गर्ने पहिलो जिम्मेवारी महिला हरुको रहेको छ। भन्ने विशेषगरी पालिकाका सबै जनप्रतिनिधि लगायत वडा का महिला सदस्य बढी भुमिका रहेको छ। अबको बाकी दिनहरूमा पोषण सम्बन्धि पालिका हुदै वडा बस्ती सम्म अभियान जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। कुपोषण मुक्त गाउँपालिका बनाउने गरि रकम विनियोजन गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।











