बाजुरा- बास नेपालको साझेदारी र युनिसेफ नेपालको् आर्थिक सहयोगमा २० हजार रुपैयाँ गाउँपालिका अध्यक्ष मल्ल द्रारा हस्तान्तरण गरिएको छ।
हिमाली गाउँपालिकाका भित्रका ४ जना महिलाहरूलाई नगद २० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ। एक महिलालाई ५ हजारका दरले पाउने गरी वितरण गरिएको छ।
गाउँपालिकामा रहेका विशेषगरी बहुविवाह गरेको श्रीमानले श्रीमती छोडेर बसिरहेको महिलाहरुलाई आर्थिक सहयोग गरिएको छ। अती बिपन्न वर्गका व्याक्ति हरुलाई छनोट गरेर बास नेपाल संस्थाको साझेदारीमा युनिसेफ नेपाल संस्था द्रारा सानो रकम भएपनि सहयोग गरिएको छ।
यो आर्थिक सहयोगमा न्युन स्थरमा रहेको मान्छेले व्यवसायी जस्तैः कुखुरा पालन तथा बाख्रा किनेर घरमा सानो व्यवस्था गरिखाने उदेश्य रहेकोे छ। साना व्यवसाय लगनशील बनेर आफ्नो सहयोग रकम सहि सदुपयोग गरी नयाँपन चासो संगै हौसला बढाउन यो आर्थिक सहयोग गरिएको बास नेपालले बताएका छन











