युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
630 पटक पढिएको

 

गोबिन्द्र राज तिमिल्सेना,बाजुरा

सुदुपश्चिम प्रदेश बाजुरा जिल्लाको पुर्वी उत्तरी भेगमा प्रर्ने बुढीनन्दा ताल पछिल्लो समयमा पर्यटकको आकर्षकको रुपमा चिरपरिचित हुदै आएको पाइएको छ । बाजुरा जिल्लाको बिकट श्रेत्रमा प्रर्ने यस श्रेत्रमा पछिल्लो समयमा देश तथा बिदेशबाट यात्राको लागी हरेक समयमा पर्यटक सो श्रेत्रको भ्रमणको लागी गएको पाइएको छ । प्रकुतिको एक गहनाको रुपमा रहेको सो श्रेत्रले बाजुरा जिल्लालाई थप उचाईमा पुर्याउन सहयोग गरीरहेको छ । समुद्रि सतहबाट करिब ४३१५ सय मिटरको उचाईमा रहेको सो ताल जति पनि घुम्न जाने पर्यटकको मनमुटुमा बस्न सफल भएको छ । चिसो चिसो हावाले मननै बहकिने यादहरु हावाले उडाएर कताकता लगिदिने कतै पहाडका टाकुराले आफुलाई नै बोलाइरहेको आबास हुने सो तालले पर्यटको झन आर्कषक गराएको छ ।जिल्ला सदरमुकामबाट करिब पाँच छ दिनको पैदल यात्रा पछि सो श्रेत्रमा पुग्न सकिन्छ बाटो यदाकदा अप्ठेरो पहाडको बाटो र साँघुरो भएकाले त्यहाँ पुग्न खासै सजिलो भने छैन सङघर्षकै कारण मात्र त्यस श्रेत्रमा पुग्न सकिन्छ ।

पर्यटकको मन लोभ्याउने त्यस तालको पानि साइबेरीया स्थित बैकाल तालको पानि भन्दा कम छैन त्यसैमा झन सुर्यको प्रकाश पर्ने हो भने त्यस तालबाट हरेक दृश्य अवलोकन गर्न सकिन्छ । चारैतिरको वातावरण सुन्दर बाब्लो कुहिराले ताललाई ढाकिरहेको दृश्य देख्दा कसको मन लोभ्याउदैन र । यस तालबाट हरेक प्रकारका चिज बस्तुहरु प्राप्त गर्न सकिन्छ मौषम परिर्वतन हुने हुँनाले यस श्रेत्रमा जान निकै असहज हुन्छ बाटो जताततै भत्केको पहिरोले चारैतिर ढाकिएको हुँनाले यहाँ पुन्न असहज नै हुन्छ । यो तालले गर्दा बाजुरा मात्र नभई सिंगो नेपालको नाम थप उचाइमा पूग्न सकेको छ यो तालको मनोरम दृश्यबाट सबै प्रभाबित हुनुको पछाडी यसमा कुनै न कुनै गुण रहेको स्थानियको भनाई रहेको छ । पछिल्लो समयमा यो श्रेत्र चर्चामा आउनुको पछाडी बिषेष हात त्यहाँ घुम्न जाँने पर्यटकको नै रहेको पाइएको छ । बिकट ठाँउमा भएकाले खासै धेरै चर्चामा भने आउन सकेको छैन यदि यो श्रेत्र सहज ठाँउमा हुँदो हो भने निकै चर्चामा आउने पर्यटकको भनाइरहेकोछ ।

साउन भदौको महिनामा तिर्थयात्राका लागी जाने भक्तजनको ठुलो घुइचो त्यहाँ लाग्ने गर्दछ । त्यहाँ गएर बुढीनन्दा माईको दर्शन गरेमा सबै प्रकारका पाप नस्ट हुने,सोचेको मनको चाहाना पुरा हुने,घरपरिवारमा सुखशान्ति छाउने,दुखकस्ट हटेर जाने,मनमा भगवानको बाश हुने,जिन्दगीको यात्रा सफल हुने,चाहेको र आँटेको काम पुरा हुने किबदन्ती अनुसार सबै भक्तजनहरु साउन भदौको बर्षातमा रुज्दै भिज्दै त्यहाँ जाने गर्दछन । करिब चार पाँच दिनको लामो ठाँउठाँउको बसाइपछि भक्तजनहरु त्यहाँ पुग्ने गर्दछन । यात्रा जति नै कठोर भएपनि भक्तजनहरु माईको दर्शन गर्न भनेर जाने गर्दछन । सो तालको पानिले नुहाएमा कहिल्यै शरिरमा रोग ब्यादीले नछुने हुदाँ सबै भक्तजनहरु एका बिहानै त्यस तालको पानिमा डुबुल्की मार्ने गर्दछन । यावत कुराले नै सो श्रेत्र पर्यटकको केन्द्रबिन्दु बनेको छ पर्यटकको मन मस्तिष्कका बस्न सकेको छ । डाँडापाखा मा डाँफे नाचिरहेको चारैतिर जडिबुटीको सुगन्ध कहालिदा भिरपाखाले मन नै खाने हुदा यस ठाँउमा गइ सकेपछि त्यहाँबाट यता आउन मनले मान्दै मान्दैन किनभने खुट्टा चुम्बक झै त्यहि अडिरहन्छन । प्रकुतिको बिशाल धरातलमा रहेको बुढीनन्दा तालले पछिल्लो समयमा बिदेशि पर्यटको आगमनमा जोड दिएको पाइएको छ ।

परम्पर अनुसार एउटा कस्तुरी मुग त्यस श्रेत्रमा चरीरहेको त्यहाँका एक दुई जना बासिन्दाले देखेछन उनले सोचे यो कस्तुरी मारेर बेन्चु पर्छ भनेर त्यस मृगको पछाडी पछाडी गएछन त्यो मृग जता जान्छ ति बासिन्दा पनि त्यतै गएछन तर त्यो कस्तुरी मुग नभई माईको बाहान रहेछ र भनेछ म माईको बाहन हुँ म जता जान्छु तिमि पनि त्यतै आउनु र म जुन ठाँउमा बिलाप हुन्छु त्यहि ठाँउमा तिमिले भगवती माईको मन्दिर बनाउनु भनेर मुगले भनेछ त्यो मृग हिट्दै गएछ छाप्प्रे पाटन हुदै चौकिलेखको ठुलो ओराड हुँदे धौलीभरा हुदै आजकल जुन ताल छ त्यहि गएर बिलाप भएछ । अनि बासिन्दाले सोचेछन यो भगवानको रुप रहेछ हामीले यसले भनेको सबै काम गर्नुपर्छ भनेर त्यो मृग बिलाप भएको ठाँउमा मन्दिर बनाएछन भोली बहिान उठ्ने बेला सो मन्दिर ठुलो तालको रुपमा परिणत भएको उहाँले देखेछन र पछि गएर त्यसको नाम बुढीनन्दा राखेकोकिबदन्ती पाइन्छ । र यस श्रेत्रमा हरेक समयमा नँया नँया प्रकुतिका घटना घट्ने हुदाा यो ताल सबैको केन्द्रबिन्दु मा परेको हो ।

समय परिर्वतन संगै पर्यटकको घुइचो लाग्ने यस श्रेत्रले बाजुराको शिर ठाँडो पार्दै आइरहेको छ । यो श्रेत्र चर्चामा आउनुको अर्को कारण त्यस श्रेत्रमा अर्को ठुलो राक्षसी पहाडका कारण चर्चामा आइरहेको छ । पहिलाको कुरा हो गाँउका केटाकेटी भट्टीउला खोज्दै जाादा उक्त पहाड फेला पारेका थिए त्यस पहाडबाट राक्षसको सबै बृतान्त थाहा पाउन सकिने किबदन्ती रहेको छ ।यसै कारण पनि यो ताल चर्चामा छ । साउन भदौको महिनामा कुहिराको घुम्टोमा सजिने पुश महिनामा हिउले नै सेताम्य हुने र जेठ बैशाखमा टिमिक्क नौरङगे साडीमा उनिएकी अप्सरा जस्तै देखिने यो तालले हरेक मान्छेको जिन्दगी परिर्वतन गर्दै आइरहेको छ । साउन भदौको महिनामा यात्रामा जाने यात्रुले भन्छन यो ताल बिश्वका सबै तालमध्येको एक हो जुन बैकाल तालको तसुलनामा कम छैन भनेर सबै यात्रु भनिरहन्छन। चारैतिरबाट सिरसिरे हावा , जडिबुटी को बाश्नाले सबैको मन तानिदिने हुँनाले हरेक समयमा पर्यटकको आगमन हुने गर्दछ । तर पुश महिनामा भने कोहि पनि यस तालको भ्रमणमा जान चाहदैनन किनभने यो समयमा त्यहाँको मौषम बिग्नै चिसो हुने हुँनाले पुश महिनामा यो श्रेत्र सेताम्य हिउको तन्नामा सुतिरहन्छ ।

पछिल्लो समयमा यताकता यो श्रेत्र थोरै मात्रामा प्रदुशित भएको पाइएको छ । हरेक पर्यटकले खानको लागी लगेका सामानका खोस्टा यत्रतत्र जथाभावी फालेको भेटीनाले थोरै रुपमा प्रदुशित बन्दै गएको छ । अबको ध्यान केहो भने सबै मिलेर फोहोर ब्यबस्थापनमा लाग्ने र त्यहाँ गएका पर्यटकको अनुगमनका साथ उचित खान,बस्न को लागी उचित वातावरण मिलाउने हो भने बुढीनन्दा ताल मात्र नभई बाजुरा जिल्लाकै नाम शिरमा पुग्न सक्छ र यो तालमा पर्यटको बढी आकर्षण गराउन यि सबै बयबस्था गर्न अब हामी सबैले लागी प्रर्नु प्रर्ने देखिन्छ र बुढीनन्दा ताल को उत्थान र प्रर्बधनमा राज्यले नी केन्द्रित हुनुप्रर्ने बाजुरा बासिको गुनासो रहेको छ अब हाम्रो बाजुरा सुन्दर बाजुरा बनाउन हामी सबैको हरकदम अगाडी बढ्ने बाजुरा बासिको भनाइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!