गोबिन्द्र राज तिमिल्सेना,बाजुरा
बहुमुल्य जडिबुटीको रुपमा परिचित यार्सागुम्बा पछिल्लो समयमा लोप हुँदै गएको पाइएको छ । पृथ्विको अधिकतम तापक्रम र जलवायु परिर्वतनका कारणले पछिल्लो समय यो जडिबुटी हराउदै गएको छ । स्वास्थ्य बद्र्धकका रुपमा तथा जडिबुटीको राजा मानिने बहुमुल्य जडिबुटी लोपन्मुख हुँदा हरेक नागरीकमा चिन्ताको बिषय उठिरहेको छ । मानवको जताततै अनियन्त्रित बसाई,छाडा गोरु,चौरी,भेडा,बाख्रा,घोडा,बनजंगल जताततै फडानी भएका कारण यो जडिबुटी लोप हुदै गएको एक अध्ययनको अनुसंन्धान रहेको छ । नेपालको करिब दश पन्ध्र जिल्लाको हिमाली भेगतिर पाइने यो जडिबुटी एक अनौठो गुण भएको जडिबुटी हो ।
समुद्रि सतहबाट करिब ३८०० मिटरदेखि ४८०० सय मिटरको उचाइमा पाइने हिउको बाक्लो तन्नामा लुकेर बसिरहेको अबस्थामा यो जडिबुटी भेटाउन सकिन्छ । जमिनमुनी प्राणि र जमिनमाथि वनस्पति हुने यस जडिबुटीलाई शेर्पा भाषामा यार्चागुम्बा भन्ने गरीन्छ । जसको शाब्दिक अर्थ बनस्पति र किरा भन्ने बुझिन्छ यार्चाको अर्थ बनस्पति र गुम्बुको अर्थ किरा हो यसरी यार्चा र गुम्बु दुई शब्द मिलेर यार्चागुम्बा बनेको पाइन्छ ।यस बहुमुल्य जडिबुटी संकलन गर्न मानिसहरुको ठुलो भिड लाग्ने गर्दछ हिँउ पग्लिसकेपछि यसकोखाजाीका लागी हजारौ मान्छे हिमातिरको बसाइमा जाने गर्दछन ।यलाई मानिसले कुटो अर्थात औलाले कोट्याएर निकालीन्छ यसरी निकालीएको यार्सालाई केहि समय घाममा सुकाइन्छ र सुकिसकेछि यसलाई बजारमा बेच्नको लागी लगिन्छ ।
किलो करिब ५० लाख सम्म हुने यो बहुमुल्य जडिबुटी ले हरेक मानवको आर्थीक अवस्था उजागर गदै आइरहेको छ । नेपाल सरकारले यसलाई उत्खननमा रोक लगाएतापनि कयौँ मानिसहरुले यसको उत्खनन गरी चोरी सिकारी भइरहेका कारण पछिल्लो दिनहरुमा यो लोप हुँदै गएको हो । यसरी हरेक बर्ष यो बुटी यसरी नै ओसारपसार हुने हो भने केहि समयपछि यसको कुनै अस्तित्व नै भेटाउन नसकिने अध्ययनको भनाइ रहेको छ । यो बनस्पति संकलन गरी हरेक मान्छेले बजारमा लगेर बेच्छन र मनग्य आम्दानी कमाउँछन ।र आफ्नो घरपरिवार यसै पेशाबाट प्राप्त आर्थिकले घरपरिवार धान्ने गर्दछन । यति बहुमुल्य जडिबुटी लोप हुनुमा मुख्य कारण पृथ्विको तापमानमा बृद्धि हुनु हो जसरी पछिल्लो समय जलवायु परिर्वतन भएर न पानी प्रर्ने न हिँउनै प्रर्ने हुँदा यो बनस्पति लोप हुदै गएको हो । हिमालमा हिँउ नपरेपछि यो जडिबुटी जमिनबाट माथि आउन सक्दैन र किराको जमिनमुनि नै मृत्यु हुन्छ । यस बुटीलाई सञ्जिवनी बुटीको रुपमा लिने पनि गरीन्छ ।
किबदन्ती अनुसार राम र रावणको युद्धमा लक्ष्मणलाई वाण लागेपछि उनी मुर्छा परेका थिए र हनुमानले नेपालको उत्तरी हिमाली भेगबाट यसै बुटी लगेर खुवाएपछि लक्ष्मणको ज्यान बचेकाले मृत्यृ भएका मान्छेलाई नै बचाउने यो चमत्कारी बुटीलाई सञ्जिवनी बुटी भनेर सबैले चिनेका थिए । यसरी मृत्यु नै भएका मान्छेको ज्यान जोगाउने यो बुटी कस्तो चमत्कारी हो यसको गुण के रहेछ सबैले जानीसकेका छौ । नेपालको बाजुरा,हुम्ला,जुम्ला,बझाङ,मुगु,कालिकोट,मनाङ,मुस्ताङ,डोल्पा,सोलुखुम्बु, म्याग्दी,शंखुवासभा,गोर्खा,रसुवा,रुकुम,सिन्धुपलाञ्चोक,र खोटाङको हिमाली भेगतिर हिउमा ढाकिरहेको अबस्थामा यो बुटी भेटाउन सकिन्छ । बिषेष गरी नेपालको महाभारत श्रृङखला,मनाङ,मुस्ताङ र डोल्पा जिल्लाको पनि माथिल्लो डोल्पामा यो अत्याधिक पाइने गरीन्छ ।
यसको एक अर्को बिषेषता भनेको यो कहिल्यै मदैन बनस्पति मरे प्राणी जिवितै र प्राणि मरे बनस्पति जिवितै रहने हुनाले यो जडिबुटी खोन्ज लाग्यो भने यत्रतत्र भेटीन्छ । भनाइ अनुसार भाग्यहुनेले मात्र यो जडिबुटी बढी मात्रामा भेटाउने गर्दछन भन्ने बुझाइरहेको छ । पुश माघको हिउ पग्लिसकेपछि हिमाली भेगतिरका शेर्पा,भोटे,थकाली,गुरुङ जातका मान्छे यसको संङकलनका लागी सबै घरपरिवार हिमालतिर लाग्दछन । र यार्साको खोजीमा उनिहरु करिब ६००० मिटरसम्म पनि पुग्ने गर्दछन । उच्च लेकाली हिमालको चिसो सरौटो हावा लाग्ने र सेताम्य मैदानमा यो जडिबुटी पाइने गरीन्छ । जमिनमाथि सानो र खनिसकेपछि एकदम ठुलो भेटाइने यस बुटीलाई सर्वप्रथम भेटाइएको यार्सा भगवानको नाममा चढाइन्छ यसो गरे पछि भगवान खुसी हुने र बढी मात्रामा यार्सा पाइने हुनाले भगवालाई पहिलो पाइएको यार्सा दिने गछौ भनेर त्यहाँका यार्सा खोजी बासिहरुको रहेको छ । यो यार्सा नेपालसंगै भारत,भुटान र तिब्बतमा समेत पाइने गरीन्छ ।
बहुमुल्य जडिबुटी को रुपमा चिनिने यार्साको अंङग्रेजी नाम चाइनिज क्याटिपिलयिर फङगी बाइनोमियल नाम आफिक्रोडीकेप्स साइन्सिस मेडिसियन नाम यार्सागुम्बा र बैज्ञानिक नाम क्रोडीकेप्स साइन्सिस रहेको छ । यो जडिबुटी रात्रिमा चम्कने गर्दछ र यसले चारैतिर उज्यालो दिने एक धार्मिक बिश्वास रहेको छ । यो जडिबुटीले शरिरका सम्पुर्ण रोगको नाश गर्ने हुँदा यसलाई रोग निर्मुल पार्ने जडिबुटीको राजा समेत भन्ने गरीन्छ ।चिसो लेकाली श्रेत्रमा पाइने यो जडीबुटीको वर्तमान समयमा नराम्रो दरुपयोग भएको पाइएको छ जसका कारण यो दिनप्रतिदिन बिनाश हुदै गइरहेको छ । नेपालबाहेक अन्य देशका मान्छेले पनि यो जडिबुटी चोरी सिकारी गरेर बेच्ने गरेको पाइएको छ यसैकारण यो लोपन्मुख हुदै गइरहेको छ ।
बशन्त ऋृतुमा हिउँ पग्लन थालेपछि यो जडिबुटी पलाउने गर्दछ । र पलाइसकेको एक महिना पछि मानिसहरु संङकलनको लागी जाने गर्छन संङकलन गर्न छुटेका यार्सा प्रकुतिमै छुट्छन र यस्ता छुटेका टुसीका डाढ हरु छिप्पिय पश्चात बिजाणु लाग्ने गर्दछ लाखौको संख्यामा रहेका बिजाणु माटोमा झरेपछि सुसुप्त अबस्थामा बसिरहन्छ र स्वस्थ यार्सा भेटाएमा आक्रमण गरी नँया यार्सा उत्पन्न हुने गर्दछ । बिजाणुको आक्रमणमा नपरेका झुसिलकिरा प्युपा हुदै वयस्क पुतली बन्छन यसरी बनेको पुतलीले फेरी फुल पार्छ र आफ्नो जिवन चक्र संञ्चालन गर्दछन। बैज्ञानिको अध्ययन अनुसार पुर्ण रुपमा यार्सा बन्न करिब दुई देखि छ बर्ष समय लाग्ने गर्दछ । यार्सा हिमालय पर्वत श्रृङखलाको दक्षिणतिरको नेपाल,भारत,भुटान र हिमाल पारी तिब्बतमा मात्र पाइने गर्दछ । यो एक रैथाने जडिबुटी समेत हो । यो नेलालका लगभग सत्ताइस जिल्लामा पाइने गर्दछ । यसलाई जैविक सुन उपनामले समेत चिनिने गरीन्छ । यसलाई यौन शक्तिबद्र्धको रुपमा लगिन्छ खोकी,दम,क्षयरोग,टिभि लागेको भए यसलाई औषधि रुपमा प्रयोग गरीन्छ । जन्डिस,नसा सम्बन्धि रोग मांसपेशि सम्बन्धि रोगको पनि उपचार यसले गर्ने गर्दछ ।
यो एक दुर्लभ जडिबुटी भएका कारण आजकल टिस्युकल्चरल प्रबिधि यानकी कोशिका प्रजनन प्रणलीको प्रयोग गरी धेरै देशहरुमा यसको खेती गरीदै आएको छ । यसमा शरीर स्वस्थ र लामो समयसम्म जवान बनाइ राख्ने अर्को बिषेष गुण रहेको हुन्छ । यसलाई फुड सप्लिमेन्ट र नेटवर्किङ कम्पनिले सजिला ट्याब्लेट, क्याप्सुल कफिको रुपमा र र बिभिन्न जुसहरुमा मिसाएर आज सबैको घरघरमा पुर्याउनेकाम गरीरहेका छन । यसले ब्लड सर्कुलेशन,प्रेशरको समस्या,रगतलाई नयाँ र शुद्ध बनाउने काम,र कोलस्टोर लेभलाई पनि नियन्त्रण गर्दछ । त्यसैकारण यस्ता बहुमुल्य जडिबुटी लोभ हुन नदिन हामी सबैले यसको प्रबद्र्धन र उत्थानको निमित्त लाग्नु प्रर्ने जरुरी देखिन्छ । नेपाल सरकारले पनि बिषेष कडाइका साथ यसको चोरी सिकारी उत्खनन गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याउने हो भने नेपाल जडिबुटीमै आत्म निर्भर बन्नेछ र यस्ता बहुमुल्य जडिबुटी लोपन्मुख कम मात्रामा हुने र सबैले वातावरण सफा राखे मौषम पनि बदली भई सहि समयमा पानी,हिँउ पर्ने अबस्था सिर्जना गर्ने हो भने यस्ता बहुमुल्य रत्नको संरक्षण गर्न सजिलो हुने एक अध्ययनको बुझाइ रहेको छ ।











