बाजुरा–जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाले नयाँ जनप्रतिनिधी आएको एक वर्षको उपलव्धीको सार्वजनिक समीक्षा कार्यक्रम गरेको छ ।
दोस्रो पटकका लागि निर्वाचित भएर आएको स्थानीय सरकारले एक वर्षमा गरेका उपलव्धी र आगामी आर्थिक वर्ष ०८०÷०८१ को नतिी तथा कार्यक्रममा समावेश गर्नुपर्ने योजनाको सुझाव सहितको समीक्षा गरिएको नगरपालिकाले जनाएको छ ।
समीक्षा कार्यक्रममा एक वर्षका कार्यको उपलव्धीको सार्वजनिक सुनुवाई गर्नुका साथै नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रमहरु कति कार्यान्वयन भए कति भएनन् , नगरले एक भित्र गरेका कामहरूबाट नगरवासीहरु सन्तुष्ट छन् कि छैनन् , आगामी वर्षबाट नगरको विकास र नगरका नागरिकको हितका लागि बनाइने कार्य े लगायतका विषयमा समिक्षा गरिएको नगर प्रमुख जनक कुमार बोहराले बताएका छन् ।
कार्यक्रममा सहभागी स्थानीयलाई सुझावका लागि र समस्या राख्न समय दिइएको थियो । नगरपालिकाले कुल बजेटको ५१ दशमलव ५७ प्रतिशत खर्च गरिसकेको छ । समग्रमा नगरपालिकाले ल्याएका नीति तथा कार्यक्रम माथी प्रश्न समेत उठाएका थिए । निति तथा कार्यक्रमहरु प्रभावकारी हुन् नसकेको गुनासो समेत नगर सरकारलाई सुनाएका थिए । समीक्षा कार्यक्रममा आएका प्रश्नको जवाफ दिदै नगर प्रमुख जनक कुमार बोहराले आएका सुझावहरुलाई संकलन गरी आगामी निति तथा कार्यक्रममा समेट्ने बताएका छन् ।
कुल बजेटको ५१।५७ प्रतिशत बजेट खर्च
नगरपालिकाको वार्षिक कुल बजेट ४८ करोड २५ लाख ७२ हजार ८ सय ४३ रुपियाँ २ पैसा रहेको थियो भने २४ करोड ९६ लाखा ४६ हजार ५ सय २८ पैसा ८५ पैसा खर्च गरेको छ । कुल बजेटको ५१ दशमलव ५७ प्रतिशत बजेट नगरपालिकाले खर्च गरेको छ ।
नगरपालिकाको चालु तर्फ ३३ करोड ८८ लाख ३१ हजार ८ सय ४३ थियो भने खर्च १९ करोड ३५ लाख २२ हजार ४ सय ५६ भएको छ । चालुतर्फको कुल बजेटको ६१ दशमलव ६८ प्रतिशत खर्च गरेको छ । यस्तै पुजीगत तर्फ कुल बजेट १६ करोड ९७ लाख ३९ हजार थियो भने खर्च ५ करोड ६६ लाख २४ हजार ७२ रुपैयाँ रहेको छ । पुजिगत तर्फको कुल बजेटको ३३ दशमलव १२ प्रतिशत खर्च गरेको छ ।
नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा सुरु भएको कार्यक्रममा विशिष्ट अथिती नगर उपप्रमुख राम बहादुर बोहरा, विभिन्न राजनीति दलका प्रमुख एवम् प्रतिनिधि, सवै वडाका जनप्रतिनिधि, नगरपालिकाका विभिन्न शाखाका कर्मचारी,पत्रकार स्थानीय लगायत कार्यक्रममा सहभागी थिए । कार्यक्रमको संचालन वडा नम्बर ३ का वडाध्यक्ष तथा नगर प्रवक्ता जंगबीर रोकायले गरेका हुन्,भने स्वागत मन्तव्य निमित्त प्रमुख प्रशासकीय अधिकृत सन्तोष शाहले गरेका थिए ।











