बाजुरा= जिल्लाको बुढिगंगा नगरपालिकामा कर्मचारीहरुलाई गाली गलौज तथा हातपात गरेको आरोपमा एक जना युवक प्रकाउ परेका छन् । विहिबार नगरपालिकाको कार्यालयमै गएर हातपात गरेको आरोपमा वडा नम्मर ७ का दिलिप केसी प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बुढिगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ भन्नुहुन्छ योजनाहरुको काम सम्पन नगरी रकम भुक्तानी गरिदिनु पर्यो दिलिप केसिले भन्नु भयो,काम सम्पन नगरेका योजनाहरुको भुक्तानी कसरी दिने भन्दा उल्टै आफु माथी गाली,गलौज र हातपात गर्न खोजेको हो । आफु लगाएत नगरपालिकाका अन्य कर्मचारीहरुलाई गाली गलोज गरेको उनले बताएका छन् ।प्रकाउ परेका केसी सधै फोनबाट सधै धम्काउने गरेको अधिकृत नाथले भन्नुभयो । यता बुढिगंगा नगरपालिका वडा नम्मर ७ का वडा अध्यक्ष भुवन केसी संग यो बिषयमा बुझ्दा यो मिथ्या आरोप मात्र लगाएको बताएका छन् ।
सबै योजनाहरुको काम सम्पन गरि विहिबार वडा सचिव र दिलिप केसी भुक्तानी लिन नगरपालिका आएका हुन , तर नगरपालिकाले भुक्तानी नदिएको अध्यक्ष केसीको भनाई छ । प्रमुख प्रशासकिय अधिकृत लगायत कसै कर्मचारी माथी हातपात नगरेको र नियत बस फसाउन खोजिएको अध्यक्ष केसीले बताएका छन ।