युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
284 पटक पढिएको

बाजुरा=  जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ र ४ का स्थानियको घरमा करिब ६ महिना पछि बत्ती बलेपछी स्थानिय खुसी भएका छन् । लामो समय पछी घरमा बत्ती बलेपछी स्थानीय खुसी भएका हुन ।बर्षेनी बर्षातमा मात्र नभैई हिउँदमा पनि अध्यारोमै बस्नुपर्ने बाध्यता थियो । घरघरमा बिजुलीको तार टाँगिएको ८ वर्ष भयो । तर बिजुली कहिलेकाहीँ मात्र आउँन्थे । पहिला पहिला त एक महिना जति बत्ती जान्थे तर यतिबेला त ६ महिना भयो बत्ती जल्न बन्द भएको अहिले भने बत्ती जलेपछी खुसी लागेको वडा न । ३ टुनिसैनका विद्यार्थी संकर खड्काले बताए ।

विद्युत सेवा संचालनमा आएपछि अध्यारोमा बस्नुपर्ने बाध्यता मात्र हटेन, सरकारी कार्यालय, व्यापारी, विद्यार्थीहरुलाई समेत सहज भएको छ । विजुली नहुँदा राती पढ्न पाइदैन थियो। कहिले त गृहकार्य समेत गर्न समय पुग्दैन थियो । तर अब बत्ती आइसके पढ्न सजिलो हुने भयो धनाल्तका एक अर्का बिद्यार्थी दीपेन्द्र बुढा भन्छन् ।सामान्य तवरबाट समस्या समाधान खोज्नेभन्दा पनि दीर्घकालीन समाधान हुने गरि काम गर्दा ढिला सुस्ती भएको वडा अध्यक्ष बिर्क बहादुर रावतले बताएका छन् । अब नियमित रुपमा स्थानीयले विद्युत उपभोग गर्न पाउने अध्यक्ष रावतको भनाई छ । बैकल्पिक उर्जा संगको सहकार्यमा ६० लाख बैकल्पिक उर्जाको आर्थिक सहयोग र दुवै वडाको सहयोग र सहकार्यमा विद्युत नहर पुनर्निर्माण गर्ने र मेसिन पनि सवै नयाँ फेर्ने उनले बताएका छन् ।अध्यक्ष रावतका अनुसार ६० लाख बैकल्पिक उर्जाको सहयोग र १३ लाख गाउँपालिकाको सहयोगमा विद्युत सेवा संचालनमा आएको हो । उक्त लागतले विद्युतको ठाउँठाउँमा अबरुद्ध भएको नहर पुनर्निर्माण र मेसिन खरिद गरिएको बताइएको छ ।

बार्जुगाड जलविद्युत आयोजनालाई अब सहकारी मार्फत संचालन गर्न प्रक्रिया पूरा भैसकेको पनि उनले बताएका छन् । बार्जुगाड लघु जलविद्युत सहकारी सस्था लिमिटेड दर्ता भैई समिति समेत गठन भैसकेको छ । सहकारीको अध्यक्षको जिम्मेवारी प्रेम रावतले पाएका छन् ।वडा नम्बर ३ र ४ का करिव ४५० भन्दा बढी घरपरिवारका लागि बार्जुगाड जलविद्युत आयोजना संचालन गरी २०७१ सालमा विद्युत प्रवाह शुरु गरेको आयोजनाबाट ४० किलोवाट बिजुली उत्पादन हुन्छ । घरमा बत्ति जडान भएको ८ बर्ष बितिसकेको भएपनि अध्यारोमै बस्नु पर्ने बाध्यता झेल्दै आएका थिए । वर्षातका चार महिना हरेक वर्ष नहर अबरुद्ध हुने हुँदा अध्यारोमा बस्नुको अर्को विकल्प थिएन ।

हिउँदमा समेत कहिले मेसिन बिग्रीएपछी पुनर्निर्माण गर्न महिनौं लाग्ने हुँदा हिउँदमा समेत अध्यारोमै बस्नुपर्ने बाध्यता थियो । अब भने यो समस्या हट्ने अपेक्षा स्थानीयको छ । स्थानीय सरकार र सहयोगी निकायको सहकार्यमा नियमित रूपमा विद्युत सेवा संचालन हुने गरि काम सम्पन्न गरिएको उपभोक्ता समितिका अध्यक्ष शेर बहादुर बुढाले बताएका छन् ।“प्रत्येक बर्ष बर्षातको समय सुरु भए लगत्तै सो जलविद्युत आयोजनाको नहर अबरुद्ध हुन्थ्यो । नहर अबरुद्ध बनेपछि स्थानियहरु आफै गएर अस्थायी कुलो निर्माण गरि विद्युत संचालनमा ल्याउने गरेका थियौं ।नहर ठाउँठाउँमा अबरुद्ध थियो । धेरै ठाउँमा पाइप जडान गरिएको थियो ।

बिगत झै विद्युत अनियमित नहुने नियमित रुपमा स्थानीयलाई विद्युत सेवा प्रदान गर्ने बार्जुगाड लघु जलविद्युत सहकारी सस्थाका अध्यक्ष प्रेम रावतले बताएका छन् । यस अघिको बार्जुगाड लघु जलविद्युत आयोजना व्यवस्थापन समितिको च्रम लापरबाहीका कारण अस्तव्यस्त अवस्थामा रहेको विद्युत सेवालाई नियमित रुपमा संचालन गर्न सफल भएको उनले बताएका छन् । अन्य आवस्यक सामाग्री खरिदका लागि समेत पहल भैरहेको उनले बताए सवैको साझा प्रयास र ठूलो सकस पछि बत्ती बाल्न सफल भएको उनको भनाई छ ।यस अघि नहरमा पानी भएपनि एक दिन बत्ति आउने अर्को दिन नआउने समस्या थियो । पटकपटक मेसिन बिग्रीने र मेसिन बिग्रीएपछी पुन सपार्न महिनौ लाग्ने समस्या थियोे ।नियमित बिद्युत उपभोग गर्न नपाएको भन्दै स्थानीय बासीहरु बिद्युतको महसुल समेत तिर्दैन थिए ।

शुल्क नतिर्नेहरुका लागि विद्युतको लाईन काट्ने ,शुल्कको हर्जना लगाउने ,जस्ता कडि कदाउ नियमहरु ब्यवस्थापन समितिले कार्यान्वयन गर्न सकेको थिएन । अव यि सवै कुराको व्यवस्थापन गर्नेछौं विद्युत सेवाबाट स्थानीयलाई बन्चित गराउने छैनौं रावतले भने ।”भिरालो जमिन भएका कारण ठाउँठाउँमा नहर भत्किने समस्या छ । नहरको दुबैतर्फ सडक हुँदा नहर भत्किने गरेको र पावरहाउसमा अपरेटरहरु नियमित नबस्दा पनि समस्या भएको समेत स्थानीयको आरोप छ । सामान्य वर्षातमा पनि नहरमा माटो, बालुवा र सानो मुडाहरु आउने भएकाले पनि समस्या हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!