बाजुराः जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई मंगलबार खप्तड मालिका युवा संजाल बाजुराले स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वमा कोरोना महामारीका रुपमा फैलिरहेका बेला जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै खप्तड मालिका युवा संजाल बाजुराले हिमाली गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर रोकायाले बताएका छन् ।
उनका अनुसार गाउँपालिकालाई पिपिई सेट चार वटा, सेनीटाइजर पाँच लिटर, सर्जिकल मास्क दुई सय पीस, थर्मल गन १, अक्सोमिटर १ वटा गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्ललाई हस्तान्तरण गरेको बताइएको छ ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष गोविन्द्रबहादुर मल्लले युवा संजालले गरेको थौरै स्वास्थ्य सामग्रीले महामारीमा धेरै राहत पुग्ने प्रतिक्रिया दिएका छन् । उनले कोरोना महामारीका बेला गाउँपालिका आक्रान्त बनेको र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सामग्री संजालले सहयोग गरेको प्रति धन्यवाद समेत दिएका छन् ।
युवा संजालले सहयोग गरेको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल,निमित्त प्रमुुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी नेपाल पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्कबहादुर मल्ल लगायतका पत्रकारहरुको सहभागीता रहेको थिए । सो स्वास्थ्य सामग्री खप्तड मालिका युवा संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र रोकायाले गाउँपालिकाका अध्यक्ष गोविन्द मल्ललाई हस्तान्तरण गरेका हुन् ।