युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
376 पटक पढिएको

बाजुरा।  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याजले बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । वडा नम्बर १ बाहुनीका कृषकहरुले व्यावसायिक रूपमा प्याज खेती गरे पनि बजार नपाउँदा किसानहरु चिन्तित बनेका हुन् ।परम्परागत खेती छाडेर प्याज उत्पादन गरेका स्थानीयले बिक्री नहुँदा घरमै कुहिन थालेको छ । गहुँ, मकै खेती छाडेर प्याज खेती गरेका स्थानियले यो वर्ष अनुमानित ५ सय क्विन्टल प्याज उत्पादन गरेका छन । भण्डारण भएको प्याजले बजार नपाएपछि दैनिक कुहिएर खेर जान थालेको उनीहरूको गुनासो छ ।उत्पादन भएको प्याज दैनिकजसो कुहिएर खेर जान थाले पनि स्थानीय र प्रदेश सरकारबाट ढुवानीका लागि अनुदान पाएका छैन । ‘स्थानीयका घरगोठ प्याजले भरिएका छन् तर बजार पाइएको छैन’, वडा नम्बर १ बाहुनीका कालु विकले भने, ‘करिब ५ सय क्विन्टल प्याज खेर जाने अवस्थामा छ । गहुँ भन्दा प्याज दोब्बरले उत्पादन भए पनि बजार नहुँदा खेर जाने अवस्था आएको विकले सुनाए ।

कृषि ज्ञान केन्द्र बाजुराले बाहुनीलाई प्याज पकेट क्षेत्र घोषणा गरेपछि स्थानीय यो खेतीमा आकर्षित भएका थिए । केही वर्ष अगाडि आफूलाई तरकारी खान मात्र प्याज फलाउने गरेका स्थानीयले केही वर्षदेखी प्याज खेतीमा आर्कषीत भएका छन । उत्पादन राम्रो हुने भनेर कृषि ज्ञान केन्द्र बाजुराले स्थानीयलाई प्याज खेतीतर्फ आकर्षित गराए पनि अहिले बजारसम्म पुर्याउन समस्या भएको कृषकहरुले बताएका छन ।उत्पादित प्याज ‘स्थानीय बजारमा खपत हुन गाह्रो भएपछि स्वामिकार्तिक गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी गर्ने तयारी गरिरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन । प्याज ढुवानीका लागि बजेट त छैन तर पनि कृषकहरुले उत्पादन गरेको साम्रगी ढुवानी गर्न गाउँपालिका लागिपरेको अध्यक्ष रोकायाले बताए ।

साप्पाटाको बाहुनी, काम्ती र रुढीमा उत्पादन भएको प्याज सदरमुकाम सम्म गाउँपालिकाले ढुवानी अनुदान दिने र त्यपछि धनगडी बजारमा निश्चीत भइसकेपछी कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी गर्ने तयारीमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए । उत्पादन भएको प्याज घरमा राख्ने ठाउँ अभाव हुदा कृषि ज्ञान केन्द्रले भण्डारणका लागि सहयोग गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताए । यो बर्ष मात्र प्याजको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको वडा नम्बर १ बाहुनीमा ४ सय भन्दा बढि कुइन्टल, रुढी र काम्तीमा २ सय बढि कुईन्टल प्याज उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखाको तथ्याङकमा रहेको छ ।

ठूलो परिमाणमा उत्पादित प्याजले बजार पाउन नसक्दा उनीहरूको लागत समेत खेर जाने अवस्थामा भएपछि गाउँपालिकामा रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमले १ सय कुइन्टल प्याज बिक्रि गर्ने गरी कृषकबाट उठाएको फर्मका संचालक मेघराज शाहीले बताएका छन । ढुवानी बजारीकरणमा गाउँपालिका र कृषि ज्ञान केन्द्रले सहयोग तथा सहजीकरण गरेमा गाउँमा उत्पादीत सबै प्याज आफै लग्ने शाहीले बताए ।कृषकहरुबाट प्रति किलो ४२ रुपियाका दरले संकलन गरेको र ढुवानीमा बढि जाने भएकोले बजार सम्म महगोमा जाने चिन्ता रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमका संचालक शाहीले बताए । सरकारबाट ढुवानी अनुदान सहयोग भएमा बजारसम्म सस्तो दरमै हुने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!