युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
544 पटक पढिएको

धनगढी:  नेपालमा पहिलो पटक हुन लागेको देउडा आइडलको तयारी तिब्र पारिएको छ । देउडा साँस्कृतिक मञ्च नेपालले आयोजना गर्न लागेको डेउडा आइडल–२०८० को तयारी तिब्र पारिएको हो ।

मञ्चले आइडल सञ्चालनका लागि प्रदेश,जिल्ला र स्थानीय तहमा संयोजन समिति गठन गर्न लागेको छ । मञ्चले आइतबार धनगढीमा आयोजना गरेको विशेष छलफल तथा अन्तरक्रिया कार्यक्रममा युवराज न्यौपानेको संयोजकत्वमा लालबहादुर धामी,नरेन्द्र ढुंगाना,प्रेम चन्द,राकेश बुढा सदस्य रहने गरी सुदूरपश्चिम प्रदेश संयोजन समिति गठन गरेको छ । त्यस्तै जिल्लामा संयोजनका लागि संयोजक तोकेको छ । मञ्चले दार्चुलामा महेन्द्र बडू, बैतडीमा सीपी लोहिया,बाजुरामा हर्क कठायत,डडेल्धुरामा लोकेन्द्र ओझा,कञ्चनपुरमा दुर्गा जोशी भट्ट,डोटीमा तेज डुम्रेल,बझाङमा कटक नेपाली र अछाममा राकेश बुढा संयोजक तोकेको छ । कर्णालीमा पनि छिट्टै संयोजन समिति गठन गरेर काम अघि बढाइने जनाइएको छ ।

अन्तरक्रिया कार्यक्रमा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालको खस संस्कृतिको संगीतबद्ध संस्कृति देउडा संस्कृति भएको बताउँदै यसको जगेर्नाका लागि सबैले लाग्नुपर्ने बताए । उनले भने ‘खस संस्कृति मूल पहिचान भनेको डेउडा हो यसलाई जोगाउन सबै लाग्नु पर्छ’ । आइडल सफल पार्न आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने पनि उनले प्रतिबद्धता जाहेर गरे । उनले भने ‘राजनैतिक रुपमा समन्वयको क्षेत्रमा मैले गर्ने सहयोगमा कमी हुँदैन्’ ।देउडा साँस्कृति मञ्चका अध्यक्ष तथा डेउडा गायक महेशकुमार औजीले देउडा संस्कृतिलाई देश विदेशमा चिनाउन डेउडा आइडल आयोजना गर्न लागिएको बताए । उनले भने ‘हाम्रो उदेश्य लुकेर रहेका प्रतिभाको उजागर गरी डेउडा गायन क्षेत्रबाट देश विदेशमा पहिचान दिलाउने हो’ । उनले थपे ‘आइडलबाट देश विदेशमा डेउडा संस्कृति झल्किन्छ’ ।डेउडा आइडलका समन्वय संयोजक रमेश कोइरालाले सुदूरपश्चिममा डेउडा आइडलको पालिका स्तरीय छनोट पुस महिना भित्र गरिसक्ने बताए । त्यस्तै पालिका स्तरमा संयोजन समिति गठनको काम १ हप्ता भित्र सक्ने गरी लागिएको उनले बताए।

आइडलको सुरक्षा संयोजक जनक बोहराले आइडल सम्पन्न गर्न आफूले पाएको जिम्मेवारी पूरा गर्न कुनै कसुर बाँकी नराख्ने बताए । शसस्त्र प्रहरीका पूर्व एसएसपी समेत रहेका बोहराले आफ्नो कला संस्कृति जोगाउन लागिपर्ने बताए ।आइडलको पालिका स्तरबाट छनोट गरिने तथा सूदूरपश्चिम र कर्णाली प्रदेशको ऐतिहासिक भाषा,कला,संस्कृति,डेउडा गीत संगीतलाई माया गर्ने प्रतिभावान इच्छुक १६ वर्ष पूरा भइ ५० वर्ष ननाघेका देश तथा विदेशमा रहेका गायन प्रतिभा भएका व्यक्ती सहभागी हुन पाउने आयोजकले जनाएको छ ।

प्रत्येक पालिका बाट ३ जना छनोट भइ जिल्लामा आउने र जिल्लाबाट छनोट भइ ३० जना प्रदेशमा आउने र प्रदेशबाट छनोट भइ १५ जना केन्द्रमा प्रतिष्पर्धा गर्ने छन् । प्रदेशबाट १५ जना छनोट हुने छन् भने केन्द्रमा सुदूरपश्चिम प्रदेश र कर्णालीका गरी ३० जना प्रतियोगीले प्रतिष्पर्धा गर्नेछन् । सो मध्ये रेस टु ब्याटल १५ जना भोटिङ राउण्डमा पुग्नेछन भने सोबाट कम अंक आउने १ जना हप्तैपिच्छे बाहिरिने छन् । निर्णायकको ५० प्रतिशत र नागरिकको ५० प्रतिशत मतको आधारमा उत्कृष्ट ५ जना सेमी फाइनलमा पुग्नेछन् । फाइनालिष्ट ३ जना जनताको मतको आधारमा उपाधी प्राप्त गर्ने छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!