बाजुरा– समाजसेवी विर बहादुर बोहराको पहलमा बैतडीका १०० जनालाई न्याँनो कपडा वितरण गरिएको छ । बिगत लामो समय देखी भारतको नयाँ दिल्लीमा बस्दै आँउनु भएका समाज सेवी बोहराले शनिबार मात्र बैतडी जिल्लाको पुचौडी नगरपालिका वडा नम्बर ८ मल्लादेवि गाँउमा न्याँनो कपडा वितरुण गर्दै आएका हुँन ।

समाजसेवी बोहराले गरिब, अशहाय, असक्त र न्यून बर्ग तथा (क) श्रेणी स्तरका ब्यक्तीहरुलाई उक्त सामाग्री हस्तानतरण गरेका थिए । उनले शनिबार मात्र पुर्चौडी गाँउपालिकामा रहेको श्री रत्न आधारभुत बिद्यालयमा एक कार्यक्रमका साथ उक्र सामाग्री बितरण गरुेको बताएका छन ।
चिसोको मौसाम बढेकोले समाजमा रहेका असहाय ब्यक्तीहरुलाई न्याँनोमा बस्न पाँउने अधिकारलाई आत्म सुरक्षामा लिदै १०० जनालाई न्याँनो स्विटर र कम्मलहरु एक एक थान वितरण गरेको समाजसेवी बोहराले हामीलाई खबर दिनु भएको छ ।

पुरै जीवन समाजसेवामा ब्यतित गरि सक्नु भएका समाजसेवी बोहराले भारतको दिल्लीबाट नेपालको महेन्द्रनगर, धनगढी, काठमाण्डौ र नेपालगञ्ज सम्मका लागि दैनिक शुदुरपश्चिम टुर एण्ड ट्राभल्स सञ्चालन गरी सेवा गर्दै आँउनु भएको छ । बोहरा समाजसेवी मात्र नभई उनी एक कुशल राजनितिज्ञ पनि हुँनु हुँन्छ ।












