युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
327 पटक पढिएको

गोबिन्द्र राज उपाध्याय,असार ९,बाजुराः  जिल्लाको बुढीगंगा नगरपालिका वडा।नम्बर।५ मा रहेको भानोदय माध्यामिक बिद्यालयका प्रधानाध्यापक मानवीर खातीको बिदाई गरीएको छ । सेवा निवृत भएसंगै प्रधानाध्यापक खातीको एक कार्यक्रमका बिच आज बिदाई गरीएको हो । करिब ८ बर्ष देखि स्कुलको प्रधानाध्यापकको रुपमा रहि शिक्षण गराउँदै आएका खाती उमेर हदका कारण सेवानिवृत भई अवकास हुनु भएसंगै एक समारोहका बीच बिदाई तथा सम्मान गरिएको बिद्यालय स्रोतले जनाएको छ ।

बुढीगंगा नगरपालिकाका मेयर अन्य सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, नगर शिक्षा शाखा, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरु सहितको उपस्थितिमा प्रधानाध्यापक खातीको बिदाई गरीएको हो । विदाइ तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि तथा अतिथिहरुले विद्यालयले तयार पारेको सम्मानपत्र, मायाको चिनो उपहार सहित, फूलमाला, खादा र दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेका थिए । साथै प्रधानाध्यापक खातीको बिदाई कार्यक्रममा सांस्कृतिक प्रस्तुती देउडा साथै साहित्य प्रेमी गौरब बिष्टले गजल वाचन समेत गरेका थिए ।

खाती एक अशल शिक्षक मात्र नभई सबैको लागी अभिभावक पनि हुन् । उनको ज्ञानका कारण उहाँले पढाएका शिष्यको अहिले ठुलो प्रगति भएको देख्न सकिन्छ । बिद्यालयको चौतर्फी बिकाशको लागी सधै अगाडी बढ्ने प्रधानाध्यापक खातीले बिगत लामो समयदेखि भानोदय माध्यामिक बिद्यालयको हक हितको तथा बिद्यालयको प्रशासनिक सुधार तथा बिद्यालयको शैक्षिक गुणस्तर उकास्नको लागी महत्वपुर्ण योगदान गर्दे आईरहेका थिए । बिद्यालयको प्रधानाध्यापको पदमा रहँदासम्म बिद्यालयको बिभिन्न क्षेत्रमा अमुल्य सहयोग गर्दे आएका शिक्षक खाती सेवा निवृत भएसंगै बिद्यालयबाट बिदाई भएका छन् । करिब आठ बर्ष सम्म बिद्यालयमा शिक्षण गराउँदै आएका शिक्षकलाई सेवानिवृत पश्चात बिदाई गर्दा बिद्यालयका शिक्षक लगायत बिद्यार्थीहरु भावुक बनेका हुन् । कतिपय बिद्यार्थीहरु भने टिका लगाउँदै प्रधानाध्यापक खातीलाई अगांलो हाल्दै रोएका थिए भने खाती बिद्यालय स्रोतबाट बिदाई हुदै गर्दा सबैका आँखा समेत रसाएका थिए । बिद्यालय परिवारले खातीलाई बाजा गाजा सहित बिदाई गरेको हो ।

आज एक अपौचारीक कार्यक्रमका बिच सेवानिवृत प्रधानाध्यापक खातीलाई बिदाई गरीएको बिद्यालय स्रोतले जानकारी दिएको छ । बिदाई कार्यक्रममा आँखाबाट आँशु नझार्ने सायदै कमै मात्रामा थिए प्रधानाध्यापक खातीले यति माया दिएका रहेछन भन्ने कुरा प्रस्ट देख्न सकिन्थ्यो । बिद्यालयबाट बिदाई भएपनि बिद्यालय प्रतिको र बिद्यार्थी प्रतिको माया कहिल्यै नभुल्ने प्रधानाध्यापक खातीले बताएका थिए । आफु बिद्यालयबाट बिदाई भएपनि बिद्यालय प्रतिको माया,बिद्यालयको शैक्षिक सुधारको लागी अझै आफुले गर्न सक्ने कार्य गरीरहने उनले बताएका हुन् । लामो समयसम्म प्रधानाध्यापकको रुपमा रहेको बिद्यालयबाट एक्कासी बिदाई हुँदा आफुलाई पनि नराम्रो लागेको खातीले बताएका हुन् । बिदाई कार्यक्रममा बोल्दै प्रधानाध्यापक खातीले म जति टाढा भएपनि बिद्यालय प्रतिको माया गाढा रहिरहने बताएका हुन् । साथै बिद्यार्थीहरुको उज्जवल भबिष्यको समेत उनले कामना गरेका हुन् ।

बिद्यालयका निमित्त प्रधानाध्यापक धन बहादुर नाथको अध्यक्षतामा संञ्चालन भएको बिदाई कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनिया रहेका थिए । त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि जिल्ला समन्वय समिति सदस्य हिक्मत थापा रहेका थिए । त्यस्तै कार्यक्रममा नगर उपप्रमुख माया कुवँर खड्का, बिब्यस अध्यक्ष हिक्मत थापा,सदस्य भजन शाह,शिक्षक अभिभावक संघका अध्यक्ष केशवराज जैशी,बुढीगंगा नगरपालिका वडा।नम्बर पाँच र छ का वडा अध्यक्ष लगायत अभिभावको उपस्थित रहेको थियो । उक्त बिदाई कार्यक्रममा सम्पुर्ण बिद्यार्थीको तर्फबाट स्वागत मन्तब्य कक्षा १० मा अध्ययनरत बिद्यार्थी गौरब बिष्टले राखेका थिए भने कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक देवराज जैशीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!