बाजुराः अखिल नेपाल महिला संघ बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ । बुधबार मार्तडीमा भएको अनेम संघ बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको हो । जसको अध्यक्षमा सुना विक,उपाअध्यक्षमा निर्मला विक,सचिव नन्दा विक,उपसचिव निता थापा,कोषाअध्यक्ष सुमना विक रहेका छन् ।
नेकपा एकाले बाजुराको पार्टी कार्यालयमा नयाँ नेतृत्व सहित नगर कमिटीको दोस्रो अधिवेशन सम्पन्न अनेम संघ बडीमालिका नगर कमिटीले जनाएको छ ।त्यस्तै त्रिबेणी नगरपालिकामा पनि अनेम संघको अधिवेशन सम्पन्न भएको छ । जसमा गिता थापा अध्यक्ष,रामप्यारी सार्की उपाअध्यक्ष,मैनादेवी शाही सचिव,अनिता कुमारी बुढा सहसचिव,पुष्पादेवी शाँउद कोषाअध्यक्ष रहने गरि १३ सदस्यिय समिति गठन गरिएको अनेम संघ त्रिबेणी नगर कमिटीले जनाएको छ ।











