बाजुरा:बडिमालिका नगरपालिका वडा नं. ८ मा रहेको बृहत मार्तडी खानेपानी को ट्याङ्की मा टिटमेन्ट प्लान्ट को ब्यवस्था गरिएको छ । बडपमालिका नगरपालिका को सहयोग मा संघिय सरकार र प्रदेश सरकार संग समन्वय गरि बृहत मार्तडी खानेपानी टिटमेन्ट प्लान्ट जडान गरि सदरमुकाम मा स्वच्छ , सफा, सुदृढीकरण गरेको पानी बिस्तार गरिएको बृहत मार्तडी खानेपानी उपभोक्ता समिती ब्यवस्थापक कर्ण बहादुर रावल ले बताएका छन्।
उहाँ अनुसार २०६२/६३ मा मार्तडी मा जनसंख्या कम भएको हुदा खाने पानी अभाव थिएन । पानी को मुहान भएपनि पछिल्लो समय यहाँ सरकारी संरचना, उच्च जन घनत्व बृद्धी का कारण खानेपानी को समस्या हुने गरेको छ।मार्तडी मा अहिले जनसंख्या बृद्धी भए संगै सडक संञ्जाल जोडिएर खानेपानि का पाइप लाईन छताछुल्ल भेटिएका छन र केही सयम पछि पाइप लाइन ब्यवस्थापन गर्ने उनले बताए।
केही बर्ष अगाडि स्वास्थ्य कार्यलय बाजुरा ले पानी परिक्षण गर्दा पानी मा कोलिफम देखा परी पानी सुदृढीकरण नहुदा हैजा, झाडापखाला, माहामारि जस्ता रोगका लक्ष्यण देखा परे त्यसको केही समय पश्चात् अहिले टिटमेन्ट प्लान्ट जडान गरे पछि पानी परिक्षण गर्दा कोलिफम नभएको र पानी सुदृढीकरण भएको पाईन्छ । सदरमुकाम मार्तडी मा अहिले ५० घन मिटर का ट्याङ्की राखेर सम्बन्धित ठाउँमा ८/१० घरदुरी लाई पुग्ने गरि च्याम्बर बनाई बजार बासीहरु लाई सुरक्षित तरिकाले सुदृढीकरण गरेको पानी को ब्यबस्थापन गरी नागरिक लाई स्वच्छ , सफा पानी दिएको बृहत मार्तडी खानेपानी उपभोक्ता समिती का ब्यवस्थापक कर्ण बहादुर रावलले बताएका छन्।











