बाजुरा:साँफे-मार्तडी सडकखण्ड अन्तर्गत पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा बसको ठक्करबाट एक बालक को मृत्यु भएको छ।मृत्यु हुनेमा बुढीगंगा नगरपालिका वडा नं. १ का ८ बर्षिया नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी नायव उपरीक्षक (डि.एस. पी)दिलीप कुमार गिरीले बताएका छन्।
उहाँका अनुसार धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले सडक नजिकै रहेको पसलमा घाम तापेर बसेको अवस्थामा ठक्कर दिदाँ घाइते भएका बालकको बाजुरा जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताएका छन्। सोही बसको ठक्करबाट मृतककी आमा ५० वर्षीया विस्ना पाध्याय पनि घाइते भएकी र घाइते रहेकी पाध्यायको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको गिरीले बताए।
प्रहरीले बस चालक ४० वर्षीय उपेन्द्र मडै सहित बसलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनको भनाई रहेको छ । सवारी साधन चलाउदा गर्दा चाकलको लापरबाही ले हरन नबजाउदा कतिपय नागरिकले बीच सडकमा बसी राख्ने भएकाले पनि दुर्घटना बढी निम्त्याउने गरेको जिल्ला प्रहरी कार्यलय बाजुरा को भनाई रहेको छ।












